१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २५, २०७८

सप्तरी – इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ। उक्त फिचरबाट अब ग्राहकले कुनै पनि अनलाइन कारोबार सुरक्षित रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ।

इसेवाका अनुसार यो फिचरबाट उपभोक्ताले अनलाइन सामान किन्दा रकम सुरुमै तिरिसके पनि भुक्तानी भने सामान उपलब्ध भइसकेपछि मात्र गर्न सक्नेछन्। यसबाट ग्राहकहरू ठगिने प्रवृत्ति कम हुने विश्वास कम्पनीको हो।

यो नयाँ सेक्युर्ड ट्रान्सफर सेवाबारे इसेवाका प्रमुख प्रबन्धक आशिष गौतम भन्छन्, ‘अचेल तपाईलाई सामान दिन्छु भन्दै इसेवामा पैसा हाल्न लगाउने तर सामान नदिने प्रवृत्ति बढेको छ। त्यस्तो कामलाई कम गर्न सेक्युर्ड ट्रान्सफर फिचर ल्याएका हौं। अब सामान डेलिभर भएपछि मात्रै रकम रिलिज हुनेछ।’

उनका अनुसार सेक्युर्ड ट्रान्सफरमार्फत इसेवाका प्रयोगकर्ताहरूले अर्को इसेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन्। यो फिचर एक हजार रुपैयाँभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिन्छ।

यो सेवामा सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यो सन्देश पैसा पठाउने व्यक्तिसम्म पुग्छ। सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नुपर्छ। साथै यदी सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित उजुरी गर्न सकिन्छ।

यो सुविधा प्रयोग गर्दा एक हजारदेखि पाँच हजारसम्मको कारोबार गर्दा ५ रूपैयाँ शुल्क लाग्छ भने ५ हजारदेखि बढी पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने कम्पनीले बताएको छ।

इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा भने करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख २५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]