१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०७, २०७८

सप्तरी – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

मन्त्री यादवले गौर हत्याकाण्ड स्वीकारेको भन्दै उनलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जनमत पार्टीले माग गरेको छ। पार्टीले आज विज्ञप्ति जारी गरी देशकै संघीय मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको सो अभिव्यक्ति चरम आपराधिक रहेको जनाएको छ।

‘२०६३ साल चैत्र ७ गते भएको गौर नरसंहार, जसमा कम्तीमा २८ जनाको पाशविक तरिकाले हत्या भएको थियो, जनता समाजवादी पार्टी (तत्कालीन मधेशी जनधिकार फोरम) ले नै घटाएको मन्त्रीज्यूले सगर्व घोषणा गरिसके पछि यो गौर नरसंहारको स्वीकारोक्ति पनि हो’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ नेपाल सरकारले आपराधिक अभिव्यक्ति दिने, हत्या-हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्नु पर्दछ।’

साथै, सो पार्टीले ‘गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीहरूले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने नभई उनीहरूलाई तत्काल पक्राऊ गरी नरसंहार पीडितहरूलाई न्याय दिँदै मधेशमा विद्यमान आपराधिक पार्टीको आपराधिक राजलाई समाप्त पार्नुपर्ने’ जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]