१५ बैशाख २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

सप्तरी – कोरोनाविरूद्ध खोप लगाइसकेका विद्यार्थीहरूलाई विद्यालयमै उपस्थित हुने गरी पठनपाठनको व्यवस्था मिलाउने वातावरण तयार पारिदिन निजी क्षेत्रका विद्यालय सञ्चालकहरूको छाता संस्थाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग माग गरेका छन्।

बिहीबार मन्त्रालयमा भएको छलफलमा हाल बन्द रहेका विद्यालयहरू यही माघ २३ गतेदेखि सञ्चालन हुने व्यवस्था मिलाइदिन उनीहरूले माग गरेका थिए।

खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै यही माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न प्याब्सनले मन्त्री पौडेलसँग माग गरेको हो।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी लगानीका विद्यालयले गरेका राम्रा कामको मूल्याङ्कन गर्दै सरकारी सेवा सुविधामा विभेद नगर्न आग्रह पनि गरेका थिए।

नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरु ऋण गरेर विद्यालय चलाउन बाध्य भएकाले सरकारले सहुलित दिनुपर्ने माग गरेका थिए।

मन्त्री पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने बताएका थिए।

सरकारले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खोल्ने निर्णय गरेको थियो। स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी विद्यालयहरूले विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]