२६ बैशाख २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

काठमाडौं – नेपालमा पछिल्लो समय थिएटरमा थएर नाटक हेर्ने क्रम बढेको थियो । तर दुई वर्ष अघिबाट जारी कोरोना महामारीले नाटक घरमा पुगेर नाटक हेर्ने संस्कृतिलाई असर पार्दै आएको छ । यसै क्रममा लामो समयदेखि काठमाडौंका नाटकघरहरु बन्द छन् ।

यता काठमाडौंका अनामगरमा रहेको नाटक घर ‘मन्डला थिएटर’ भत्काईएको छ । केही महिना अघि अनामगनरबाट भत्किाईएको मन्डला थिएटर यतीबेला काठमाडौंको नयाँ बानेश्वर स्थित थापागाउँ हाईटमा निर्माण भईरहेको छ ।

अब भने मल्टिप्लेक्सको रुपमा मन्डला थिएटर आउने भएको छ । थापागाउँमा दुई रोपनी जग्गामा यो थिएटर यतीबेला धमाधम निर्माण भईरहेको छ । काठमाडौं उपत्यकामा रहेको नीजि नाटक घरहरु मध्य सबैभन्दा आधुनिक र सुविधा सम्पन्न नाटक घरको रुपमा मन्डला थिएटर निर्माण भईरहेको हो ।

अभिनेताहरु दयाहाङ राई, राजन खतिवडा, बिजय बराल, अभिनेत्री सृजना सुब्बासहित विभिन्न कलाकारले यो नाटक घर बिगत एक दशकदेखि सञ्चालन गर्दै आएका छन् ।

मन्डलाको नयाँ नाटकघर यही आउँदो बैशाखबाट सञ्चालनमा ल्याउने यसका सँयोजक एवम नाट्यकर्मी राजन खतिवडाले राजधानीलाई बताएका छन् । नाटक घरको तयारी’bout उनले भने,‘हामीले १३० सिट भएको मिनी थिएटरको निर्माण सम्पन्न ग¥यौं । त्यहाँ अहिले नाटक प्रशिक्षण भईरहेको छ ।’ उनले अगाडि थपे,‘२५० सिट भएको मुख्य थिएटरमा अहिले सिटहरु राख्ने काम भईरहेको छ र यो कार्य अब एक महिनामा सम्पन्न हुनेछ ।’

नाटक घरको अन्य सम्रचना’bout सँयोजक राजनले भने,‘बिगतमा हामीले राम्रो सिट जडान गर्न नसकेका कारण बन्चमा बसाएर नाटक देखाउँदा दर्शकबाट टिप्पणी सुन्नु परेको थियो । तर यसपटक काठमाडौंको क्युएफएक्स सिनेमा हलले राख्दै आएको गुणस्तरकै सिटहरु नाटक घरमा जडान गरेका छौं ।’ लाईट देखि सबैकुरा अत्याधुनिक शैलीको जडान गरिएको पनि उनले जानकारी गराएका छन्,‘दर्शकले अब मन्डलामा कफीको सुर्को लिँदै नाटक हेर्दा सुविधा सम्पन्न मल्टिप्लेक्स थिएटरमा छु भन्ने महसुस गर्नु हुनेछ । हामी दर्शकलाई अब आरामदायी बसाई सहित नाटक मन्चन गर्नेछौं ।’

यस पटक नाटक घरमा एउटा क्याफे, एउटा बार एन्ड रेस्टुरेन्ट, नाटक सिक्नेहरुको लागि होस्टेल, सेमिनार हल सञ्चालन हुनेछ । १४ कोठाको कलाकार होस्टेल सञ्चालनमा आईसकेको पनि उनले बताएका छन् ।

राजनका अनुसार यस पटक चार करोड भन्दा माथिको बजेटमा मन्डला नाटक घर निर्माण भईरहेको छ । परम्परागत नाटक घरमा दर्शकहरुको आकर्षण घट्दै गएपछि अहिलेको अबस्थालाई ध्यानमा राखेर सुविधा सम्पन्न नाटक घर बनाउनु परेको पनि उनले बताए । जसका लागि ४ करोड भन्दा माथिको बजेट खर्च हुन लागेको पनि राजनले जानकारी गराए ।

एक दशक अघि बन्द भएको नाटकघर आरोहण गुरुकुल पनि अहिले थापागाउँको कुन्ज नाटकघरमा खुलेको छ । गुरुकुल र मन्डलाको दुरी पाँच सय मिटर मात्रै फरक रहेको छ । तथापि आफुहरुलाई नाटक मञ्चन गर्दा व्यबसायमा गुरुकुलका कारण त्यति ठुलो असर नपर्ने आत्म विश्वास मञ्डलाका सँयोजक राजनको छ,‘यदी कोरोनाको महामारी साम्य हुनेहो भने काठमाडौं उपत्यकामा चार पाँच ओटा नाटक घर सजिलै चल्छन् । तर हामीले दर्शकको स्वाद अनुसारको नाटक पस्कनुका साथै सोही अनुसारको सुविधा पनि दिनु पर्छ ।’ सोही कारण यसपटकबाट आफुहरुले मोडर्न थिएटर सञ्चालन गर्न लागेको पनि उनले जनाएका छन् ।

काठमाडौंमा अहिले आरोहण गुरुकुल, सर्वनाम थिएटर, शैली थिएटर, शिल्पी थिएटर, पुरानो घर थिएटर, किर्तीपुर थिएटर, कौशी थिएटर लगायतका नाटकघर नीजि क्षेत्रबाट सञ्चालिन छन् । कोरोनाको महामारीपछि यी अधिकाँस नाटकघर राम्ररी सञ्चालन हुन सकेका छैनन् । यही कोरोनाको महामारी बीच ६ महिना अघि अनामनगरमा मन्डला थिएटर भत्काईएको हो । अहिले यही मन्डला थिएटर काठमाडौंको थापागाउँमा नयाँ स्वरुपमा खडा हुँदैछ । मन्डला नाटकघर खडा भएपछि भौतिक सँचलना मात्र नभएर नाटकमा पनि आफुहरुले त्यत्तिकै गुणस्तर पस्कने दाबी यसका सञ्चालक एवम् नाट्यकर्मी राजन खतिवडाको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]