०७ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

सप्तरी – जुम्ला-स्थानीय तहले असार १० गतेभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याउँछन् । सकेपछि चालु आर्थिक पहिलो चौमासिकको भदौ असोजमै चालु तथा पुँजीगत अख्तियारी प्राप्त हुन्छ । स्टमेट अनुसार गुणस्तरीय काम समयमै गर्न तथा पुँजीगत खर्च बढाउन भदौ असोजमै योजना सम्झौता गर्नुपर्नु कानुनी व्यवस्था छ । तर असोज सुरू भएसँगै दशैँ तिहार जस्ता चाडले बिदा हुने, मंसिरदेखि माघ अन्तिमसम्म चिसोले काम गर्न नसकिने, फागुन चैत अन्तिमसम्म चिसो कटाउन जिल्ला बाहिर गएका केही कर्मचारी, स्थानीय नफर्किने समस्या छ ।

बैशाख जेठमा योजना सम्झौता गरेर आर्थिक वर्षको अन्त्यतिर असारे विकासको चटारो सुरू हुन्छ । जसले गर्दा न त स्टमेट अनुसारको विकास निर्माणको काम हुन्छ । या त लक्ष्य अनुरुपको पुँजीगत खर्च नै बढी हुन्छ । परिणाम स्वरुप राज्यको करोडौं खच भइरहने, विकास निर्माणमा अपेक्षित उपलब्धी नहुने र विकासका नाममा उपभोक्ता समिति मोटाउने प्रवृत्ति बढी छ ।

त्यसैले जुम्लाको तातोपानी गाउँपालिकाले माघ महिनाभित्रै सबै योजना सम्झौता गरीसक्ने लक्ष्य लिएको छ । तातोपानीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएर आए लगत्तै मिलन बुढ्थापाले वडाध्यक्षहरुसँग छलफल गरी ८ वटै वडामा चालु आवमा निर्माण हुने सबै योजना माघभित्रै सम्झौता गरी सक्ने तयारी गरेका छन् ।

“बजेटको पुँजीगत खर्च बढाउन, स्टमेट अनुसारको गुणस्तरीय विकासे काम गर्न माघभित्रै सबै योजना सम्झौता गर्दै छौं” उनले भने, “सबै वडाध्यक्षहरुसँग छलफल भइसकेको छ । योजना सम्झौताका लागि कर्मचारी पनि तयारी अबस्थामा छन् । ढिला योजना सम्झौता विकास पनि कम हुने, बजेट खर्च पनि कम हुने समस्या छ । फागुन चैतबाटै काम सुरु हुने गरी माघभित्र योजना सम्झौता टुंग्याउने तयारी छ ।”
दैनिक कोरोना संक्रमण फैलिँदै गएको र पछि योजना सम्झौता गर्दा भिडभाड भएर सक्रमण बढ्ने जोखिमसँगै काम ढिला हुने समस्या भएकाले योजना सम्झौता छिटै गरेर चैत पहिलो साताबाट सबै काम सुरू गरिने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाको भनाइ छ ।

झण्डै १४० योजना निर्माण हुँदै
तातोपानी गाउँपालिकामा चालु आवमा झण्डै १ सय ४० भन्दा बढी विभिन्न योजना निर्माण हुने भएका छन् । योजना अधिकृत ओमबहादुर चन्दका अनुसार पालिकाका ८ वटा वडामा कृषि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, भवन, पदमार्ग, मठमन्दिरलगायतका विभिन्न १ सय ४० बढी योजना निर्माण हुने भएका हुन् । चालु आवमा निर्माण हुने सबै योजनालाई माघभित्रै सम्झौता गरी सक्ने र ढिलामा चैतबाट काम सुरू गर्ने तयारी स्वरुप काम भइहेको योजना अधिकृत चन्दले बताए ।
योजना शाखाको रेर्डक अनुसार तातोपानीको वडा नं. १ मा १० वटा योजना, वडा नं. २ मा ७ वटा योजना, वडा नं. ३ मा ८ वटा योजना र वडां नं. ४ मा २१ वटा योजना निर्माण हुँदै छन् ।

त्यस्तै वडा नंं. ५ मा १३ वटा योजना, वडा नं. ६ मा २० वटा योजना, वडा नं. ७ मा ९ वटा योजना र वडा नं. ८ मा १६ वटा योजना निर्माण हुने भएका छन् । जनतासँग अध्यक्ष कार्यक्रमअन्तरर्गत १३ वटा र जनतासंँग उपाध्यक्ष कार्यक्रमअन्तरर्गत २३ वटा योजना निर्माण हुने योजना शाखाले जनाएको छ ।
पालिकाको पुँजीगत बजेटलाई योजना सम्झौता पहिलो चौमासिकमै गरिसक्नु पर्ने भएपनि दुई महिना ढिला गरेर भएपनि माघ महिनामा योजना सम्झौता गरिने सक्ने र समयमै काम सुरू गर्ने नयाँ कामको थालनी तातोपानी गाउँपालिकाले गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]