१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १५, २०७८

हुम्ला – भारी हिमपातका कारण नाम्खा गाउँपालिकासहित हुम्लाका उच्च हिमाली बस्तीका झन्डै ५ हजार पशुचौपाया जोखिममा परेका छन् । नाम्खाको लिमीमा मात्रै १ हजार चौरी पालिएका छन् । अहिले नाम्खाको लिमीसहित तांगिन, चाला, यारी, मचु, यालबाङ, यांगारलगायत ठाउँमा एक फिट हिउँ छ । नाम्खाका धेरैजसो बासिन्दाको मुख्य पेसा नै पशुपालन हो ।

हुम्लाको नाम्खा गाउँपालिकामा पालिएका चौंरी। फाइल तस्बिर: कान्तिपुर
चखेली गाउँपालिका–५ नेक्पामा पनि भारी हिमपात भएको छ । सदरमुकामस्थित सिमकोट गाउँपालिकाका माथिल्ला भेगमा पनि बाक्लो हिउँ जमेको छ । हिमपातले वनमा भएको घाँस पुरिँदा पशुचौपाया पाल्न समस्या भएको हो । ‘न घाँसको व्यवस्था छ, न चरन क्षेत्रमा लगेर चराउने बन्दोबस्ती नै,’ नाम्खा गाउँपालिका–६ हल्जीका फुन्जोक तामाङले भने, ‘जताततैको घाँस हिउँले छोपेको छ ।’

घाँस अभावले पशु जोगाउन कठिन भएको उनको भनाइ छ । भारी हिमपातले जनजीवनसमेत कष्टकर बनेको छ । गाउँमा झन्डै एक फिटसम्म हिउँ जमेको तामाङ बताए । उनले पालेका ८ वटा चौंरीसहित ३५ पशुलाई घरभित्रै थुनेर राखेका छन् ।

अन्न उत्पादन न्यून हुने हुम्लाको माथिल्लो भेगका बासिन्दाले चौंरीसहित जुमा, झोपा, घोडा र लुलुगाई पालेका छन् । यो वर्ष कात्तिक पहिलो साता नै हुम्लामा हिउँ परेको थियो । पहिलेको हिउँ नसुक्दै पटकपटक हिमपात भएपछि पशुचौपाया जोखिममा परेको सिमकोटका कमान लामाले बताए । ‘यस वर्ष घाँस नकाट्दै छिटो हिमपात भयो,’ उनले भने, ‘हिउँले सबै घाँस छोपिएपछि पशुबस्तुका लागि घाँस स्टक राख्नै पाएनौं ।’

अहिले भुस, खोले र उवा, कोदोलगायत बालीको नल खुवाएर पशु पालिरहेको उनले जानकारी दिए । विगतका वर्षमा हिउँ ढिलो पर्ने हुँदा घाँसको व्यवस्था गर्न पाइन्थ्यो । ‘यस वर्ष भने न पाकेको अन्न भित्र्याउन पाइयो, न घाँसको व्यवस्था गर्न,’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘खाद्यान्नको जोहो त जसोतसो भयो । तर हिउँ छिटो पर्दा कसैले पनि पशुका लागि घाँसको व्यवस्था गर्न सकेनन् ।’ जिल्लाका धेरैजसो वनभरि हिउँ जमेका कारण पशुबस्तु चराउन मुस्किल भएको उनको गुनासो छ ।

हिमपातका कारण पशुपालन व्यवसाय नै संकटमा परेको हल्जीका कोतान्बा तामाङले बताए । ‘हिउँले घाँस ढाकेपछि मान्छेले खानलाई ल्याएको मैदा र चामलको खोले पकाएर पशुलाई खुवाइरहेका छौं,’ उनले भने, ‘चैत नलागेसम्म हिउँ बिलाउँदैन, यसरी कहिलेसम्म पशु पाल्ने ?’

गाउँमा वर्षमा एक बाली मात्र पाक्छ । त्यही पनि कात्तिकमा भएको वर्षा र हिमपातले भित्र्याउन नदिएको उनको गुनासो छ । दुई दशकअघिसम्म हिउँदयाममा पशुबस्तु चीनमा र वर्षायाममा चीनतिरका पशु नेपालतिर चरन सार्ने परम्परा थियो । चीनले झन्डै दुई वर्षदेखि कोरोना महामारीका कारण हिल्सा नाका बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]