१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

चितवन – दूधकाे मूल्य तत्काल नबढे आन्दाेलन गर्ने चितवनका दुग्ध उत्पादक किसानहरूले चेतावनी दिएका छन् । आइतबार बिहान चितवनको भरतपुरमा आयाेजित पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष रत्नमणि न्यौपानेले लिटरमा कम्तीमा १५ देखि २० रूपैयाँसम्म मूल्य बढ्नुपर्ने माग राखे ।

सरकारले माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दाेलनकाे तयारीमा लागेकाे उनले बताए । संघका सचिव किशाेर बगालेले सरकारले एक लिटरमा १० रूपैयाँ मूल्य बढाएर किसानलाई सात रूपैयाँ र डेरी उद्याेगीलाई तीन रूपैयाँ दिने तयारी गरेकाे बताए । किसानका लागि याे हितकारी नदेखिने उनकाे तर्क छ ।

अहिले दूधकाे मूल्य किसानले सरदर लिटरमा साढे ५२ रूपैयाँ पाएकाे बताए । तर‚ दाना चाेक्कर, परालकाे मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर ६३ रूपैयाँ पर्ने उनले बताए । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउन उनले माग गरे ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य भगिरथ तिमिल्सिनाले सरकारले तीन वर्षयता दूधकाे मूल्य नबढाएकाे बताए ।

जसका कारण किसान मर्कामा परेकाे उनकाे भनाइ छ । केन्द्रीय संघका अर्का सदस्य बालकृष्ण उप्रेतीले पहिला कृषि मन्त्रालयले नै मूल्यको सन्दर्भमा निर्णय गर्ने भए पनि अहिले मन्त्री परीषद्ले नै निर्णय गर्ने भनेर किसानलाई अलमल्याउन खाेजेकाे आराेप लगाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]