kchhakhabar.com

गृहपृष्ठ पूर्वाञ्चल बिशेष, मुख्य खबर

इटहरी उपमहानगरपालिकाले गत साउन १ देखि मंसिर मसान्तसम्म खरिद गरेको सडकबत्तीमा व्यापक भ्रष्टाचार भएको तथ्य सार्वजनिक

इटहरी उपमहानगरपालिकाले गत साउन १ देखि मंसिर मसान्तसम्म खरिद गरेको सडकबत्तीमा व्यापक भ्रष्टाचार भएको तथ्य सार्वजनिक भएको छ । पूर्वी बजारले प्राप्त गरेको सूचनाका आधारमा दुई हप्ता समय लगाएर पत्ता लगाएको तथ्यअनुसार सडकबत्ती खरिदमा बजारको भन्दा ५०० प्रतिशतभन्दा बढी मूल्यमा सिएफएल चिम खरिद गरेको पाइएको हो । मौखिक सूचना माग्दा…बिस्तृत समाचार

पूर्वेली न्युज चाैथाे बर्षमा प्रवेस

स्थानीय समाचारलार्इ प्राथमिकतामा राख्न सुझाव पूर्वकाे केन्द्र इटहरीबाट सञ्चालन भइरहेकाे माेफसलकै सर्वाधिक लाेकप्रिय अनलाइन पत्रिका पूर्वेली न्युज शुक्रबारबाट तेश्राे बर्ष पार गरी चाैथाे बर्षमा प्रवेश गरेकाे छ ।छाेटाे समयमै देश बिदेसमा रहनुहुने समस्त नेपाली माझ लाेकप्रिय बनीसकेकाे अनलाइनले शुक्रबार अाैपराचिक रूपमा अाफ्नाै चाैथाे बार्षीकाेत्सव सम्पन्न गरेकाे छ । सुनसरी क्षेत्रका…बिस्तृत समाचार

मोरङको साबुन फ्याक्ट्रीमा आगलागी हुँदा करिब ५० लाख रुपैया बराबरको नोक्शानीे

असोज ४,२०७४ / मोरङको कटहरी गाँउपालिका वडा नंं. ९ स्थित क्वालिटी साबुन उत्पादन गर्ने क्वालिटी केम इण्डष्ट्रिजमा गर्मीका कारण आगलागी हुँदा करिब ५० लाख रुपैया बराबरको केमिकल नष्ट भएको छ । अत्यधिक गर्मीका कारण उद्योगमा राखिएको हाइड्रोजन पेरोक्साइडको गोदाममा आगलागी भएको थियो । आगलागीबाट करिब २ सय ग्यालन पेरोक्साइड नष्ट…बिस्तृत समाचार

ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाई पैसा नदिएपछि होटल सञ्चालकसहित तीन जना पक्राउ

झापा । यौनजन्य कार्यमा लगाएर आर्थिक लाभ लिए पनि आफूहरुलाई पैसा नदिएको भन्दै युवतीको उजुरीपछि प्रहरीले होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । बिर्तामोडमा रहेको सिर्जना होटलकी सञ्चालक सुष्मा भनिने सुर्जीकुमारी थारु, सोही होटलका सहयोगी सुजन शङ्कर र होटल मेनेजर सोनु भनिने बाबा लिम्बूलाई पक्राउ गरी प्रहरीले…बिस्तृत समाचार

मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै

दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन् । विहिबार सम्पन्न भेलाले पत्रकार राईको उपचारमा सक्दो सहयोग गर्न अभियान सञ्चालन गरेका हुन् । भेलाले विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सहयोग समिति गठन गरी सहयोग रकम संकलन गर्न थालिएको छ । सो…बिस्तृत समाचार

शहीद भीमनारायण श्रेष्ठको जीवनी

शहीद भीमनारायण श्रेष्ठको जीवनी राजकुमार दिक्पाल, राजेश्वरबहादुर श्रेष्ठ सन्दर्भ ३८ औं स्मृति दिवस शहीद भीमनारायण श्रेष्ठको जन्म वि. सं. १९९४ साल असार २४ गते भएको थियो । उहाँ पिता सूर्यनारायण श्रेष्ठ र आमा लक्ष्मी कुमारीको कोखबाट जन्मनु भएको थियो । उहाँ धनकुटाका नारायण खलकका श्रेष्ठ नेवार परिवारमा जन्मनु भएको थियो…बिस्तृत समाचार

चारै जवान सन्तान दृष्टिविहीन भएपछि अभिभावकलाई सास्ति

इटहरी/‘के सोचें मैले के भयो अहिले’ भन्ने गीतझैं इटहरी–२ तामाङ टोल निवासी लक्ष्मण र मनमाया तामाङले जिन्दगीमा त्यस्तै अपत्यारिलो दैनिकी भोग्नु परिरहेको छ । “छोराछोरी बढ्लान्, पढ्लान् र बूढेसकालको जीवनमा सुख पाइएला भन्ने सोच्दा सोच्दै लक्ष्मण र मनमायाको जीवन कष्टकर बन्न पुग्यो । चार सन्तान जन्मेर बाँसको तामा झैँ हुर्कँदै गए…बिस्तृत समाचार

फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

सुरुङ्गा/ सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् । बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी, श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेकाे छ ।…बिस्तृत समाचार

धरानमा पनि एक महिलाको कपाल काटियो

धरान/अज्ञात समूहले कपाल काटेर हिड्ने गरेको घटना अन्यत्र सेलाउन नपाउँदै धरानमा पनि बिहीबार राति यस्तै घटना घटेको छ । धरान ३ बाबाधाम मार्गकी २५ वर्षीया शान्ति जोगीको कपाल काटिएको वडा प्रहरी कार्यालय धरानले जनाएकाे छ । यो घटनालाई सबत्र अचम्मको रुपमा लिइएको छ । र, घटनामा संलग्नहरु हालसम्म पनि पक्राउ हुन…बिस्तृत समाचार

धनकुटामा युवाहरुवीच विवादका क्रममा खुकुरी प्रहार, चारजना घाईते

धनकुटा, २२ भदौ । धनकुटा नगरपालिका–८ टेकुनालामा बिधुतको पोल लैजाने बिषयमा उत्पन्न विवाद पश्चात गएराति भएको झगडामा खुकुरी प्रहारबाट चारजना घाईते भएका छन । घाईते हुँनेमा स्थानीय युवा धनकुमार राई, असोक राई, पुरन राई र सुरवीन राई रहेको प्रहरीले जनाएको छ ।  घाईते तीन जनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ । घाईते…बिस्तृत समाचार