kchhakhabar.com

गृहपृष्ठ अन्तराष्ट्रिय खबर

उत्तर कोरियालाई ध्वस्त बनाउनुको विकल्प छैन: ट्रम्प

बिबिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो पहिलो सम्बोधन गर्दै उत्तर कोरिया पूरै विश्वको निम्ति खतरा बनेको बताएका छन्। उत्तर कोरियालाई परमाणु अस्त्र बनाउन दिनु कसैको स्वार्थमा नरहेको भन्दै प्योंगयांगले परमाणु निरस्त्रीकरण गर्नु पर्ने बारे बुझ्ने बेला आएको बताए। उनले प्योंगयांगले खतरा उब्जाइरहे अमेरिकाका सामु उत्तर कोरियाको…बिस्तृत समाचार

मेक्सिकोमा शक्तिशाली भूकम्प : १३० काे मृत्यु : उद्घारकार्य जारी

मेक्सिको सिटी / मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको समाचार छ । भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ । भूकम्पको मापन ७।१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । अधिकारीहरुले भूकम्पको धक्का निकै नै शक्तिशाली महसुश भएको र यसको केन्द्रबिन्दुको मापन गहिराईमा…बिस्तृत समाचार

उत्तर कोरियामा आणविक परीक्षणको सफलताको उत्सव

एएफपी, प्योङ्याङ् । उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्याङ्मा उत्सव मनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापनगर्दै सो उत्सव मनाएको बताइएको छ । उत्तर…बिस्तृत समाचार

आन्तरिक कलहले गोर्खाल्यान्ड आन्दोलन अन्योलमा

काठमाडौं : भारत पश्चिम बंगालमा गोर्खाल्यान्ड आन्दोलन हाँकिरहेका दल र समूहका नेताबीच आन्तरिक विवाद सुरु भएको छ । आन्दोलनकारी दलकै उच्च तहका नेपाली नेताले जारी आमहडताल खुलाउनेरनखुलाउनेबारे विपरीत अभिव्यक्ति दिएपछि सर्वसाधारणमा अन्योल छाएको छ ।आजको नागरिक दैनिकले लेखेको छ । दार्जीलिङसहित पहाडी क्षेत्रमा हडताल सुरु भएको ८५ दिन पुगेको छ ।…बिस्तृत समाचार

चीनले भन्यो, ‘नेपालमै रेल पुर्‍याउँछौं’

काठमाडौं : चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन्। ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्‍याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्‍याउने विषयमा राजनीतिक तवरबाट…बिस्तृत समाचार

नरेन्द्र मोदी चुनावअघि नै किन नेपाल अाउँदैछन् ?

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणबारे तयारी अघि बढिरहेको बताएका छन् । उनले सकभर चुनावअघि नै मोदी नेपाल आउनेबारे कुराकानी अघि बढिरहेको बताए । भारतीय प्रधानमन्त्री मोदीले अरुण तेस्रो परियोजनाको शिलान्यासका लागि नेपाल आउने चाहना राखेका छन् । एक जिज्ञासामा देउवाले आफ्नो भारत भ्रमण सम्पूर्ण…बिस्तृत समाचार

५ महिनादेखि कुवेतमा बेपत्ता खड्का भेटिइन्

काठमाडौं– करिब ५ महिनादेखि कुवेतमा बेपत्ता भएकी भगवती खड्का भेटिएकी छन् । बिचौलियाको फन्दामा परी अवैध बाटोबाट कुवेत पुगेर गत बैशाखबाट सम्पर्कविहीन भएकी विगु गाउँपालिका ५ दोलखाकी २३ वर्षीय खड्का कुवेतमा सकुशल भेटिएकी हुन् । कुवेत जाने भन्दै ७ चैत ०७३ मा काठमाडौंस्थित आङ्खनो डेराबाट निस्किएर कुवेत पुगेपछि केही दिन…बिस्तृत समाचार

‘स्क्रबटाइफस’बाट डेढमहिनामा दुईको मृत्यु १३९ संक्रमित

चितवन। ‘स्क्रबटाइफस’ रोगबाट डेढमहिनामा जिल्लामा दुई जनाको मृत्यु हुनाका साथै १३९ जना प्रभावित भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीकाअनुसार साउन १ गतेबाट भदौ १५ गते सम्ममा ५२९ जनाको रक्त परीक्षण गरिएकामा भरतपुर अस्पतालमा ४० जना, बकुलहर अस्पताल रत्ननगरमा ४० जना, चितवन मेडिकल कलेजमा ३१ जना, नारायणी सामुदायिक…बिस्तृत समाचार

बाबा राम रहीमको बलात्कार गुफाबारे खुल्याे यस्ताे रहस्य (भिडियोसहित)

सामाजिक संजाल तथा भारतिय मिडियाहरुमा ‘बलात्कारी बाबा’ राम रहीम को समाचारले चर्चा बटुलिरहेको छ । गिरफ्तारपछि  उनको  धेरै रहस्यहरु बाहिर अाइरहेकाे छ यस्ता खुलासाले पुरा भारतमा खलबल मच्चाइरहेको छ । त्यस्तै बाबा राम रहीमले गुफा भित्र रे सबैलाई अचम्ममा पार्ने तथ्यहरु फेला परेको छ । हेर्नुहाेस्  भिडियाे

डोकलाममा विवाद हल गर्न भारत र चीन तयार

एजेन्सी ।  डोकलाममा जारी विवाद हल गर्न  भारत र चीन दुवै देशका सैनिक हटाउने समझदारी बनेको छ। भारतीय विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै भनेको छ, “हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक तहमा छलफल जारी रहेको छ, यो कुराकानीमा हामीले एक आपसको चिन्ता र हितकाबारेमा छलफल गरेका छौँ।…बिस्तृत समाचार