भाषणमात्रै गरे जनताले कम्युनिष्टलाई पत्याउँदैनन्

भाषणमात्रै गरे जनताले कम्युनिष्टलाई पत्याउँदैनन्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधयक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाममुखी विकासका काम गर्न नसके जनताले कम्युनिष्टलाई अर्को चुनावदेखि नपत्याउने बताएका छन् । बहुमत, सक्षम नेता/कार्यकर्ता, जनता र प्रतिपक्षको साथ हुँदा पनि परिणाममुखी काम नगरेर भाषण मात्रै गर्ने हो भने जनताले कम्युनिष्टको विकल्प खोज्ने उनले बताए । जिल्ला समन्वय समिति चितवनले सोमबार भरतपुरमा आयोजना गर...

टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त
२९ साउन, काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई स्पष्टीकरण सोधिएको थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारी ६ असोजमा नियुक्त भएकी थिइन् ।मन्त्रिपरिषद बैठकले परराष्ट्र म...

हेलिकोप्टरको पंखाले लागेर एकको मृत्यु

हेलिकोप्टरको पंखाले लागेर एकको मृत्यु
मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नविन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए । हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटाको शव भोलि हिल्साबाट सदरमुकाम सिमिकोट ल्याइने ...

ओली-प्रचण्ड नेतृत्वको ने.क.पा.विरुद्ध उजुरी, दल दर्ता खारेज गर्न माग

ओली-प्रचण्ड नेतृत्वको ने.क.पा.विरुद्ध उजुरी, दल दर्ता खारेज गर्न माग
२९ साउन, काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो । तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएपछि नयाँ पार्टीको नाम ने.क.पा. राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । त्यसैले कट्टेलले सत्तासिन दलले दल दर्ता...

भिख माग्नेलाई भन्दा माग्न लगाउनेलाई कडा सजाय

भिख माग्नेलाई भन्दा माग्न लगाउनेलाई कडा सजाय
२८ साउन, काठमाडौं । राजधानीका मुख्य सडकको छेउछाउ, आकाशे पुल एवं पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु हामी सबैले देखेकै हौं । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित, ज्येष्ठ नागरिक, जोगी र सन्यासीहरु माग्न बसेको दृश्य सामान्य बनिसकेको छ शहरमा । त्यसैगरी ढोका ढोकामा कराउँदै माग्न आउनेहरु पनि प्रशस्तै छन् । कसैले गीत गाउने, बाजा बजाउने गरेर मागिरहेका हुन्छन् भने कसैले अस्पताल वा स्थानीय तह...

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट
२७ साउन, विराटनगर । विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट भएको हो । विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए । बम  विस्फोटबाट एक जना घाइते पनि भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । बम विस्फोटका कारण अहिले स्थानीयबासी, सेवाग्राही र कर्मचारीहरु त्रसित छन् । भवनलाई प्रहरी...

जीवनको रङ कस्तो कमरेड ?

जीवनको रङ कस्तो कमरेड ?
सर्वप्रथम तीनवटा घटना सुनाउँछु । पहिलो, गतसाता ठमेलको रात्रिकालीन जीवनसँंग साक्षात्कार गरियो । त्यो मेरो पहिलो अनुभव थियो । एक मित्रको प्रस्तावमा हामी राति ११ बजेतिर त्यहाँ पुग्यौं । स्वाभावत: वातावरण रंगीन थियो । संगीत, नृत्य, प्रेम, यौन र उमंगले ठमेल उत्सवमय थियो । मान्छेहरू संकेतमा कुरा गर्थे । साना किशोर–किशोरीदेखि मस्त युवायुवती र तेस्रो लिंगीहरूको जात्रा थियो । ठिक त्यही उन्मुक्त हाँसो र ...

गोदावरी खोलाले मानिससहित कार बगायो

गोदावरी खोलाले मानिससहित कार बगायो
ललितपुर स्थित महालक्ष्मी नगरपालिका–८ लुभूमा गोदावरी खोलाले मानिस सहित एक कार बगाएको छ । सोमबार बिहान ५ बजेतिर बा १४ च ४७२९ नम्बरको कार नदी पार गर्ने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार स्थानीयले कार चालकको उद्दार गरेका छन । कार चालक सुरक्षित रहेको ललितपुर प्रहरीले बताएको छ । महानगरपालिकाले नयाँ पुल बनाउने भन्दै ह्युमपाइप राखेर आवागमनको व्यवस्था ग...

भक्तपुरमा बालकको अपहरण पछि हत्या, अपहरकारी र प्रहरीबीच भिडन्त हुँदा दुई अपहरणकारी मारिए

भक्तपुरमा बालकको अपहरण पछि हत्या, अपहरकारी र प्रहरीबीच भिडन्त हुँदा दुई अपहरणकारी मारिए
भक्तपुरको डोलेश्वरमा प्रहरी र अपहरणकारी वीच भएको मुठभेडमा दुई जना अपहरणकारीको मृत्यु भएको छ । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अपहरणकारीद्वय अजय तामाङ र गोपाल तामाङ छन् । घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र अपहरणकार्यमा प्रयोग भएको मोब...

नुरप्रसादलाई झिकाउन अदालतकाे आदेश

नुरप्रसादलाई झिकाउन अदालतकाे आदेश
चितवन / जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आज उक्त आदेश गरेको हो । शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पु¥याई अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश गर्नुभएको अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बत...