चार्जमा राखेको मोबाइल चलाउँदा करेन्ट लागेर मृत्यु

चार्जमा राखेको मोबाइल चलाउँदा करेन्ट लागेर मृत्यु
संखुवासभा । संखुवासभा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । संखुवासभाको चिचिला ४ डाँडागाँउ का १६ बर्षिय सूर्य राईको करेन्ट लागेर मृत्यु भएको हो । मोबाईल चार्जमा राखेर चलाउने क्रममा अचानक चट्याङ पर्दा करेन्ट लाग्दा उनी गम्भिर घाइते भएका थिए । उनलाई उपचारकोलागी स्थानिय स्वास्थय चौकी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी चिचिलाले जानकारी दिएको छ ।

पूर्व छापामार अनुपा राईको टाउकोबाट गोलीको छर्रा निकालियो

पूर्व छापामार अनुपा राईको टाउकोबाट गोलीको छर्रा निकालियो
झापा । सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली बोकेर हिँडेकी पूर्व छापामार अनुपा राईको टाउकोबाट गोलीका छर्रा निकालिएको छ । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले निःशुल्करुपमा उपचार गरि गोलीका छर्रा निकालिदिएको हो । बिएण्डसी अस्पतालले पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङ घर भएकी पूर्व छापामार अनुपा राईको टाउकोमा विगत १५ वर्ष अघिदेखि रहेका गोलीका छर्रा शल्यक्रियामार्फत निकालिदिएको हो । अनुपाला...

विद्यालय सञ्चालक मारिएको फोटोसहित स्टाटस बाहिरिए, आफन्तद्धारा जिल्ला बन्द

विद्यालय सञ्चालक मारिएको फोटोसहित स्टाटस बाहिरिए, आफन्तद्धारा जिल्ला बन्द
काठमाडौं । फेसबुक स्टाटसमा फाटोसहित विद्यालय सञ्चालक मारिएको स्टाटस बाहिरिएको छ । रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक मारिएको भन्ने स्टाटस बाहिर आएको हो । यस्ता स्टाटस बाहिरीएपछि उनका आफन्तले आज रसुवा जिल्ला बन्द आह्वान गरेका छन् । उनीहरुले उक्त स्टाटस मारिएका भनिएका चित्रमान डंगोलकै फेसबुकमा पोष्ट भएको बताएका छन् । बन्दका कारण बिहानैदेखि गा...

वन्यजन्तु तस्करले थापेको एम्बुसमा परेर १ बालकको मृत्यु, ३ घाइते

वन्यजन्तु तस्करले थापेको एम्बुसमा परेर १ बालकको मृत्यु, ३ घाइते
धनगढी । तस्करहरुले थापेको एम्बुसमा परे एक बालकको मृत्यु भएको छ भने तीन बालक घाईते भएका छन् । शिवशक्ति सामुदायिक वन भित्र वन्यजन्तु चोरीतस्करी गर्ने समुहले थापेको विद्युतीय एम्बुसमा परि स्थानिय बाबुराम चौधरीको १२ वर्षीय छोरा अमन चौधरीको घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै एम्बुसमा परेर सोही गाउँका तेजबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन, भक्तबहादुर पनेरुका १२ वर्षका छोरा सागर, र कर्णबहादुर कठायत...

काठमाडौमा रातको पचास हजार लिन्छन कलेजमा पढ्ने यौनकर्मी युवतीहरु, यसरि आउने रहेछन ग्रहाकको सम्पर्कमा

काठमाडौमा रातको पचास हजार लिन्छन कलेजमा पढ्ने यौनकर्मी युवतीहरु, यसरि आउने रहेछन ग्रहाकको सम्पर्कमा
काठमाडौमा रातको पचास हजार लिन्छन कलेजमा पढ्ने यौनकर्मी युवतीहरु, यसरि आउने रहेछन ग्रहाकको सम्पर्कमा https://youtu.be/ACqEJrHUoPs

गोलाप्रथामा छोरा !

गोलाप्रथामा छोरा !
२३ चैत, सिमरा । छोरा नजन्माएको निहुँमा तराई मधेसमा थुप्रै महिला जलेका छन्, थुप्रैको घरबार उजाडिएको छ । छोरा नजन्माएको भन्दै आफ्नो श्रीमान र सासु-ससुराले आगो लगाएकी पर्साको छिपहरमाई -४ तुलसिवर्वाकी रविना खातुन अहिले अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेकी छन् ।   तर, गुड्डुबाबु चौधरी त्यस्ता भाग्यमानी हुन्, जसले गोला प्रथामा छोरा पाएका छन् । रौतहटबाट १७ बर्षअघि सिमरा झरेका उनी पुराना फलामे...

बलात्कृतकै दोष !

बलात्कृतकै दोष !
दाङ फूलबारीका एक परिवारका सबै सदस्य देउखुरीस्थित आफन्तको घरमा गएका थिए । घरमा १५ दिनकी सुत्केरी कौशिला (नाम परिवर्तन) मात्रै थिइन् । मध्यरात कसैले ढोका ‘ढकढक’ बजायो। घरमा एक्लै रहेकी कौशिलाको मुटुले ठाउँ छोड्यो । उनी बोल्न सकिनन् । केहीबेरपछि ढोका फोडेर एकजना भित्र छिरे । बाहिर अरू धेरै जनाको आवाज सुनिन्थ्यो । घर खानतलासी गर्दै माथिल्लो तलामा एक्लै पुगेका नकावधारीले महिलालाई देखेपछि घरका अरु सद...

​जीप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

​जीप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
इनरुवा ।  सुनसरीको भोक्राहा–४ मा बिहीबार सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भने पाँचजना घाइते भएका छन् । दुर्घटनामा सप्तरी रायपुर–१ की ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो । बा १७ च १०९७ नम्बरको जीपले  साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी रुवीको मृत्यु भएको र अरु सवार पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ...

१३ वर्षीया बालिकालाई खेतमा लगेर पालैपालो बलात्कार गर्दै खिचियो भिडियो

१३ वर्षीया बालिकालाई खेतमा लगेर पालैपालो बलात्कार गर्दै खिचियो भिडियो
धनुषा। धनुषामा एक १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्दै भिडियो खिच्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शहीदनगर नगरपालिका–८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दिपेश बिराजीलाई प्रहरीले पक्रउ गरि कार्वाही थालेको यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाले जानकारी दिएका छन् । । राति घरमा कोही नभएको मौका छोपी बालिकालाई हात–मुख बाँधेर अपह...

घाटको पानी पिउँन् बाध्य तिम्सेनीवासी

घाटको पानी पिउँन् बाध्य तिम्सेनीवासी
झापाकै विकसित नगरमध्येको एक मेचीनगर नगरपालिका क्षेत्रभित्र पर्ने तिम्सिने  गाउँमा खानेपानीको समस्या रहेको छ । तिम्सिनेका बासिनदाहरु शव जलाउने घाटको पानी खान बाध्य  छन् । गाउँमा  खानेपानीको अरू स्रोत नहुँदा शव जलाउने घाटैको पानी खान बाध्य हुनुपरेको स्थानीयले बताए ।  मेचीनगर नगरपालिका क्षेत्रभित्र पर्ने सो गाउँमा खानेपानीको संकट विगतदेखिकै हो । विसं २०२१ सालदेखि गाउँमा बस्ती बसे पनि हालसम्म शुद्ध...