पच्चिस गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा

गौशाला, १९ माघ । महोत्तरी जिल्लाका गौशाला–६ निवासी इन्जिनियर २२ वर्षीय निशान्तकुमार साहले आफ्नो समुदायका २५ गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा गर्नुभएको छ । नुवाकोट जिल्लाको सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुरमा सिभिल इन्जिनियर पदमा कार्यरत निशान्तले आज सरस्वती पूजाको अवसरमा शिक्षाबाट वञ्चित आफ्ना समुदायका २५ बालबालिकालाई गौशाला जिरोमाइलमा अवस्थित रामजानकी बोर्डिङ स्कुलमा आफ्नै खर्...

घरमै बसेर कम्प्युटरमा काम गरी मासिक ६ लाख कमाउन खोज्दा…

घरमै बसेर कम्प्युटरमा काम गरी मासिक ६ लाख कमाउने प्रलोभनमा फस्दा बेरोजगार युवाहरूको लाखौँ रुपैयाँ ठगी भएको छन् । कम्प्युटरमा टाइप र डिजाइनसम्बन्धी गर्ने काम गरेर मासिक ६ लाख कमाउन सकिने भ्रममा पारेर पैसा लिई एक दम्पतीले आठ युवाबाट करिब डेढ करोड रुपैयाँ ठगी गरेका छन् । भी इन्फोनेट प्रालि नामको कम्पनीका नाममा भारतीय युवक ३४ वर्षीय विकास द्विवेदी र उनकी श्रीमती ३५ वर्षीया अस्मिता घिमिरेले युवाहरूलाई ...

किन छैन बैंकमा पैसा ?

काठमाण्डु, १६ माघ– मंसिर मसान्तको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा बैंक तथा बित्तीय संस्थामा निक्षेप रकम २० दशमलब ६ प्रतिशत बढेको छ भने निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकार ३० दशमलव ४ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले यो वर्ष निजी क्षेत्रमा प्रवाह हुने कर्जाको विस्तार २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको थियो । पहिलो पाँच महिनामै लक्ष्यभन्दा डेढ गुना बढी कर्जा प्रवाह भएपछि यस...

​खाना पकाउने ग्यासको मुल्य घट्यो ,पाँच जिल्लामा मात्र लागु हुने

६ माघ, काठमाडौं । ढुवानी खर्च कम लाग्ने भन्दै नेपाल आयल निगमले पाँच जिल्लामा ग्यासको मूल्य घटाएको छ । अब ती जिल्लाहरमा ग्यास प्रतिसिलिण्डर १३०५ रूपैयाँ  पर्नेछ । नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको आयल निगमले जनाएको छ । नयाँ मूल्य रूपेन्देहीमा बुधबारबाट लागू भएको छ । निगमले प्रतिसिलिन्डर २० रूपैयाँ म...

तीन जिल्लाका बालबालिकालाई मासिक चार सयभत्ता

काठमाडौं। सरकारले गरिबीको सूचकाङ्कमा पिछडिएका थप तीन जिल्लाका बालबालिकालाई ‘बाल पोषण भत्ता’ वितरण गर्ने भएको छ ।सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले स्थानीय निकायमार्फत अछाम, रौतहट र बझाङका सबै समुदायका बालकालिकालाई मासिक रु ४०० भत्ता वितरण गर्न लागेको हो ।  ‘पाइलट प्रोजेक्ट’ का रुपमा सुरु गरिएको सो कार्यक्रमअन्तर्गत ती जिल्लाका बालबालिकाले यही माघदेखि आगामी असारस...

करोडौँ मूल्यको शिलाजित उत्खनन हुन सकेन

बेनी म्याग्दी,प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन । शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडाँैको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका ...

बाफिया पारित हुँदा कुन कुन बैंकर सांसदको खुस्कने भयो पद ?

अन्ततः लामो रस्साकस्सीपश्चात व्यवस्थापिका संसदबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) पारित भएको छ । यो कानुन पारितभएसँगै हाल बैंकर सांसदहरुलाई सनासो लागेको छ । विधेयक पारित भएसँगै अब बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एउटै संस्थामा दुई कार्यकालभन्दा बढी बस्न नपाउने भएका छन् ।अब अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको हुनेछ । यससँगै संवैधानिक प...

एभोकाडोको एउटै बोटबाट ५० हजार आम्दानी

पोखरा । पोखरा उपमहानगरपालिका–१७ विरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष रु ५० हजार आम्दानी गर्नुभएको छ । नौ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर दुई सय केजी फल बिक्री गरेको उनले बताए । “उत्पादन भएको फल बिक्री हुँदैन कि भन्नु पर्दैन, घरबाटै प्रतिकेजी रु दुई सय ५० का दरले बिक्री हुने गरेको छ,” उनले...

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ, १७ पुस | साताको पहिलो दिनको कारोबारमा सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकममा समेत सुधार देखिएको छ।  गत साता ३० दशमलब २८ अंकले बढेको नेप्से यस साताको पहिलो दिनमा समेत २२ दशमलब ३४ अंकले उकालो लागि १४६५ दशमलब ७२ को उचाईमा पुगेको छ। त्यस्तै आइतबार ५७ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ।  फाइनान्स र उत्पादन समूहका सूचक बाहेक अन्य सूचकले उकालो लाग्दा नेप्सेमा हरियाली ...

कति छ आज सुनको मूल्य ?

काठमाडौं,पुस १२ ।आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।