रक्सी र चुरोटमा कर बढ्यो

रक्सी र चुरोटमा कर बढ्यो
जेठ १६, काठमाडौं – सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत चुरोट र रक्सीमा कर बढाएको छ । बजेट पेस गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको घोषणा गरे । उनले करसम्बन्धी विवादका लागि स्थायी संयन्त्र बनाउने तयारी भएको समेत बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

नेपाल बैंक लिमिटेडद्वारा विद्यालयलाई सहयोग

नेपाल बैंक लिमिटेडद्वारा विद्यालयलाई सहयोग
काठमाडौँ । नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ वाँडेगाउँमा सञ्चालित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि रु ५२ लाख सहयोग उपलब्ध गराएको छ । वाँडेगाउँमा आयोजित कार्यक्रममा उक्त बैंक सञ्चालक समितिका सदस्यद्वय डा उमाकान्त सिलवाल र सुरेन्द्रबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमविक्रम थापालाई सो रकम हस्तान्तरण गर्नुभयो । ...

स्थानीय निर्वाचनलाई सेयर बजारको ‘ग्रिन सिग्नल’

स्थानीय निर्वाचनलाई सेयर बजारको ‘ग्रिन सिग्नल’
२९ वैशाख, काठमाडौं । सेयर बजारले स्थानीय निर्वाचन ‘ग्रिन सिग्नल’ दिएर स्वागत गरेको छ । पहिलो चरणको स्थानिय निकाय निर्वाचनअघिको अन्तिम कारोबारले हरियो संकेत दिएको हो । निर्वाचनअघिको अन्तिम कारोबारको दिन बिहिबार सेयर बजार मापक नेप्से करिब आठ बिन्दुले बढेर बन्द भएको छ । स्थानिय निर्वाचनलाई सेयर बजारको ‘ग्रिन सिग्नल’लाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।   भौतिक प्रगति बढाउदै गौरवका आयो...

आर्थिक समाचार: चुनाव प्रचार खर्च १६ अर्ब रुपैयाँभन्दा बढी

आर्थिक समाचार: चुनाव प्रचार खर्च १६ अर्ब रुपैयाँभन्दा बढी
२६ वैशाख, काठमाडौं । आगामी आइतवार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौ रकम खर्च हुने देखिएको छ । प्रदेश नं ३,४ र ६ अन्तरगत ३४ जिल्लाका दुईसय ८३ स्थानीय तहमा हुने निर्वाचनका लागि दर्ता भएको ४९ हजार ७१ उम्मेदवार प्रचारप्रसारमा अर्बौ खर्च हुने देखिएको छ । चुनाव प्रचार खर्च १६ अर्ब रुपैयाँभन्दा माथीलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । खर्च गर्न ...

गाउँ र नगरका पदाधिकारीको तलब तोकियो

गाउँ र नगरका पदाधिकारीको तलब तोकियो
स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा–सुविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ । ऐनको मस्यौदा संसद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । तर, अहिले स्थानीय विकासमन्त्री नभएका कारण ऐनको मस्यौदा संसद्मा पुग्न सकेको छैन । मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनि...

सुनको भाउ घट्यो

सुनको भाउ  घट्यो
काठमाडौं। सुनको भाउ आज घटेको छ । आज प्रतितोला सुनको मू्ल्य तीन सय घट्दा ५५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपला सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य ५५ हजार पाँच सय रूपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला १० रूपैयाँ घटेको छ । आज चाँदी ७ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ ।

एकचालिस लाख राजस्व सङ्कलन

सल्यान । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०७३÷७४ को नौ महिनाको अवधिमा रु ४१ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जगदिशकुमार ऐरका सो अवधिमा सात हजार १४९ सवारीचालक कारबाहीमा परेका छन् । गत आवको सो अवधिमा १० हजार ६३१ सवारीचालकलाई कारबाही गरी रु २९ लाख ८५ हजार राजस्व सङ्कलन भएको थियो । नौ महिनाको अवधिमा सबैभन्दा बढी ...

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
काठमाडौं। आज सुनको भाउ घटेको छ । आज सुन प्रतितोलामा १ सयले घट्दा तोलाको ५५ हजार ६ सयमा कारोबार भईरहेको छ । यसअघि सुन तोलाको ५५ हजार ७ सयमै कारोबार भईरहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदी प्रतितोला ८ सय १५ रहेकोमा आज प्रतितोलामा ५ रुपैयाँले घट्दा तोलाको ८ सय १० रुपैयााँमा कारोबार भईरहेको छ ।

आर्थिक समाचार: गार्जियनको घुम्नैपर्ने गन्तव्यको पहिलो नम्बरमा नेपाल

४ वैशाख, काठमाडौं । गर्जियनले विश्वका घुम्नै पर्ने स्थानहरुको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा नेपाललाई पहिलो स्थानमा राखिएको नागरिकले लेखेको छ । वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकम विदेशस्थित नेपाली नियोगमा गाडी खरिद तथा कर्मचारी, मन्त्रीले मोजमस्तीमा खर्च गरेको पाइएको छ । रोजगारीको क्रममा कामदारको मृत्यु भए परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन तथा कामदार बिरामी घाइते भएको खण्...

खर्च व्यवस्थापनलाई मितव्ययी बनाउन आयोगको निर्देशन

नारायण न्यौपाने, काठमाडौँ, २९ चैत । निर्वाचन आयोगले वैदेशिक सहयोगको निर्भरतालाई कम गर्ने तथा आन्तरिक खर्च व्यवस्थापनलाई मितव्ययी बनाउन निर्वाचनमा खटिएका राष्ट्रसेवकलाई निर्देशन दिएको छ । आगामी विसं २०७४ वैशाख ३१ गते हुन लागेको निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन व्यवस्थापन र सञ्चालनसम्बन्धी प्रशिक्षणमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उ...