विदेशी लाइसन नेपाली करण गर्दा ठुलाे मात्रामा अार्थिक चलखेल

विदेशी लाइसन नेपाली करण गर्दा ठुलाे मात्रामा अार्थिक चलखेल
६ असार, काठमाडौं । एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयमा विदेशमा बनाइएका लाइसेन्सको नेपालीकरण प्रक्रियामा अनियमितता र आर्थिक चलखेल भएको पाइएको छ । यसको जानकारी पाएलगत्तै यातायात ब्यवस्था विभागले एकान्तकुनाको कार्यालयबाट हुने नेपालीकरणलाई रोकिएदिएको छ । कर्मचारीकै मिलेमतोमा नेपालीकरण गर्ने नाममा विभिन्न बिकृति भित्रिएपछि विभागले एकान्तकुना कार्यालयको अधिकार खोसेको हो । देशभरमै एकान्तकुनाको ...

पेट्रोलको मुल्य घट्यो: सार्वजनिक यातायातको भाडा नघट्ने

पेट्रोलको मुल्य घट्यो: सार्वजनिक यातायातको भाडा नघट्ने
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा नघट्ने भएको छ । पेट्रोलियम पदार्थको भाउ रु पाँचभन्दा कम नभएकाले वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिनुभयो । “सार्वजनिक सवारीको भाडादर निर्धारणमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाले तत्काल भाडा घट्न सक्दैन...

सुनको मूल्य घट्यो

धरान/गत साता सुनचाँदीको भाउ रू. ३ सयले घटेको छ । आइतवार रू. ५४ हजार ८ सयमा किनबेच भएको सुन स्थानीय वस्तु बजारको अन्तिम दिन शुक्रवार घटेर रू. ५४ हजार ५ सयमा किनबेच भएको हो । साताको अन्तिम दिनमा सुन प्रतिऔंस १ हजार २ सय ५६ दशमलव ५० डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय ३ रुपैँया ३९ पैसा रहेको छ । गत साता चाँदीको भाउ भने रू। १५ ले घटेको हो । सोमवार, ...

नेप्सेमा निजी क्षेत्र प्रवेश गराउने तयारी, सरकारले सेयर बेच्ने

नेप्सेमा निजी क्षेत्र प्रवेश गराउने तयारी, सरकारले सेयर बेच्ने
काठमाडौं । सरकारले आफ्नो सेयर बेचेर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा निजी क्षेत्रलाई प्रवेश गराउने भएको छ । सरकारले नेप्सेमा रहेको ५८ प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले नेप्सेमा भएको ३४ प्रतिशत सेयर पनि बेच्ने भएको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी गरिरहेका बेला सरकारले नै सेयर बिक्री गरी निजी क्षेत्रलाई  प्रवेश गराउने तयारी गरेक...

प्रभु बैंकमा लाखौं नक्कली नोट, प्रहरी कारबाहीपछि खुल्यो पोल

प्रभु बैंकमा लाखौं नक्कली नोट, प्रहरी कारबाहीपछि खुल्यो पोल
वुटवल, २५ जेठ । पैसा फोटोकपी गरेर बैंकमा नक्कली नोट साट्दै गरेका युवा अन्ततः प्रहरीको फन्दामा परेका छन् । बुटवलको मिलनचोकमा रहेको प्रभु बैंकमा पटक पटक नक्कली रुपैँया साटेको सूचनाका आधारमा वुटवलको देवीनगर बस्दै आएका २१ बर्षिय सन्तोष मल्ल पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले एक हजार दरको नोट ३ सय ४९ र ५ सय दरको नोट १ सय ५ थान गरी चार लाख रुपैँया नक्कली नेपाली नोट बरामद गरेको छ । उनले नक्कली नक्क...

बैंकमा आएको नक्कली नोट पच्छ्याउँदा प्रहरी सरप्राइज

बैंकमा आएको नक्कली नोट पच्छ्याउँदा प्रहरी सरप्राइज
बुटवल। यहाँ रहेको प्रभु बैंकको शाखामा हजारका ७० वटा नक्कली नोट फेला पर्यो। प्रहरीले ती नोट आएको रूट पच्छ्याउँदै अनुसन्धान गर्दा ‘असाहयका लागि सहयोगी हातहरू’ भन्ने संस्थासम्म शंकाको तार जोडिन पुग्यो। नभन्दै सामाजिक संस्था चलाउने आडमा नक्कली नोट छाप्ने धन्दाको पर्दाफास भयो। सामाजिक संस्था चलाउने आडमा नक्कली नोटको धन्दा भैरहेको थाहा पाएपछि प्रहरी नै सरप्राइजमा पर्यो। गत मंगलबार रुपन्देही, कँचनपुर ...

गोसाइँकुण्डको भेटी रु ३० लाख

गोसाइँकुण्डको भेटी रु ३० लाख
रसुवा। पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० लाख भेटी चढाएका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी रु २९ हजार ८८७ सङ्कलन भएको हो । पुजारीले जम्मा गरी ल्याएपछि धुन्चेमा भेटी गणना गरिएको हो । यही जेठ १२ देखि २१ गतेसम्म परेको यस वर्षको गङ्गादशहरा पर्वका अवसरमा पाँच हजार भक्तजनले गोसाइँकुण्ड दर्शन गरेको समितिले जनाएको छ ।

सुनको भाउ बढ्यो

काठमाडौं।  हिजोसम्म स्थिर रहेको सुनको मूल्य आज बढेको छ । आज सुनको मूल्य १ सय रपैयाँले बढेर प्रतितोला ५५ हजार ३ सय पुगेको छ । हिजो सुन बजारमा प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला ७ सय ८० पुगेको छ । हिजो चाँदी बजारमा ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

एनसेलले सरकारलाई तिर्‍यो १३ अर्ब कर

एनसेलले सरकारलाई तिर्‍यो १३ अर्ब कर
काठमाडौँ २१ जेठ । एनसेलले सरकारलाई १३ अर्ब ६० करोड रुपैयाँ लाभांस कर तिरेको छ । एनसेलले आज (आइतबार) ठूला करदाता कार्यालयलाई पूँजीगत लाभकर अन्तर्गत उक्त कर दाखिला गरेको हो । एनसेलले एक वर्षअघि नै झण्डै १० अर्ब रुपैयाँ तिरिसकेको छ,  भने अब बाँकी रहेको १० प्रतिशत कर दायित्व विक्रेता कम्पनी टेलियासोनेराको  हो ।स्वीडिसको  कम्पनी टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर झन्डै १ खर्ब ४० अर्ब रुप...

वृद्ध भत्ता घर घरमै दिइने

वृद्ध भत्ता घर घरमै दिइने
चौतारा/ बैंकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बैंकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले वृद्ध वृद्धाको सुविधाको लागि घर-घरमै गएर वितरण गरिने बताए । केही जिल्लाका केही भष्ट गाविस सचिवले सामाजिक सुरक्...