लोप हुँदै टिमुर

लोप हुँदै टिमुर
पाल्पा, २० भदौ । महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । यसको संरक्षणको अभियान सञ्चालन हुन सकेको छैन । आम्दानी मनग्य हुनथालेपछि किसान टिमुरतर्फ आकर्षित हुन थालेका छन् । निजी वनमा भन्दा सामुदायिक वनमा टिमुर प्रशस्त पाइन्छ । स्थानीय बजारमा टिमु...

कागतीले करोडपति

कागतीले करोडपति
झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्किएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन्। उनले अहिले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ सालबाट कागतीखेती शुरु गरेका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा उत्पादन पनि गर्न थालेकाे छ । ब...

बारामा एक अर्बको चैतेधान उत्पादन

बारामा एक अर्बको चैतेधान उत्पादन
बारामा आर्थिक वर्ष २०७३÷७४ मा रु एक अर्ब नौ करोड ९४ लाख १३ हजार बराबरको ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरका अनुसार कोल्हनी, नरही, बरियापुर, पकडिया, सिम्रौनगढ, रामपुरा, सपहीका कृषकले नौ हजार ६९५ हेक्टरमा हर्दिनाथ–१, चैते–२, चैते–४, स्थानीय कुरिया र बगही जातको चैतेधान खेती गरी ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । उत्प...

रु तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात

रु तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात
गत आर्थिक वर्ष भारततर्फ रु तीन अर्बभन्दाबढी मूल्यका कृषिजन्य पदार्थ तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा रु तीन अर्ब २६ करोड १२ लाख २४ हजार मूल्य बराबरको कृषिजन्य र जडीबुटी निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको हो । सोमध्ये सबैभन्दा बढी रु दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार मूल्य बराबरको तीन हजार ८१४ मेट्रिक टन अलैँची निर्यात भएको छ भने सबैभन्दा कम रु छ लाख...

रु. एक अर्ब बराबरकोे कृषि उपज नष्ट

रु. एक अर्ब बराबरकोे कृषि उपज नष्ट
गौशाला, ५ भदौ । बाढीका कारण महोत्तरी जिल्लामा रु एक अर्ब मूल्य बराबरको कृषि उपज नष्ट भएको छ । रातो, जंघा, विग्ही, अंकुशी, भव्सीमा आएको भीषण बाढीले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, रामगोपालपुर, लोहारपट्टी, मनरा, एकडारा, गौशाला, सम्सी, बलवालगायतका ग्रामीण तथा सहरी क्षेत्रमा लगाइएको कृषि उपज बगाउँदा सो मूल्य बराबरको क्षति भएको अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ । कार्यालयअनु...

माछा लुटियो

माछा लुटियो
श्रावण २६, २०७४- नाढीमन तालका लाखौंका माछा बुधबार स्थानीयले जबर्जस्ती मारेका छन् । चन्द्रनगर गाउँपालिका अधीनको ५२ बिघाको तालमा ठेक्का नलाग्दा स्थानीयले माछा मारेर लगेका हुन् । एकै दिन १० लाखभन्दा बढीको माछा लुटिएको चन्द्रनगर गाउँपालिकाका नायब सुब्बा हरिकान्त लाल कर्णले बताए । आसपासका सयौं बासिन्दा एकैपटक पोखरीमा पसेर माछा मार्न थालेका थिए । केही घण्टासम्म राज्यविहीन अवस्था देखिएको एक स्थानीयले बत...

तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन

तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन
कलैया । बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । आर्थिक वर्ष २०७३÷७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा देवनन्दन साहले जानकरी दिनुभयो । जिल्लामा स्थानीय जातको ३१ हजार ३१० वटा गाई, उन्नत जातको एक लाख चार हजार ९९९ गाई, स्थानीय जातको ४५ हजार ७७१ भैँसी, उन्नत जातको एक लाख आठ हजार ३२२ भैँसी रहेका तथ्याँक छ । दुई लाख ९...

मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपाय

मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपाय
खानपीनमा ध्यान नदिँदा धेरैलाई मृगौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसावमार्फत जान्छ । आज हामी मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपायको बारेमा तपाईलाई जानकारी दिन गईरहेका छौँ । घरमा नै पाईने सामाग्री सही तरिकाले प्रयोग गर्ने हो भने यो समस्याको जोखिमबाट बच्छौँ । ...

जुम्ल्याहा दाजुभाइद्वारा भेडापालन शुरु

जुम्ल्याहा दाजुभाइद्वारा भेडापालन शुरु
म्याग्दी । स्थानीय रघुगङ्गा गाउँपालिका– १ बाँदुकका जुम्ल्याहा दाजुभाइले रु ३८ लाखको लगानीमा भेडापालन शुरू गरेका छन् । वैदेशिक रोजगारबाट फर्किएर गाउँमै शिक्षा र कृषि तथा पशुपालनमा सक्रिय रहेका लक्ष्मण पुर्जा र राम पुर्जाले बेगखोलाकै विमल फँगामीबाट तीन सय ९ वटा भेडासहितको गोठ खरिद गरेर ब्यावसायिक भेडापालन शुरू गरेका हुन् । कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेगखोलामा व्यावसायिक भेडापालनको सम्भावना रहे...

लेकका कृषक भने आलु थन्क्याउने र बेच्न व्यस्त

लेकका कृषक भने आलु थन्क्याउने र बेच्न व्यस्त
असारमा कृषकलाई काम भ्याइनभ्याई छ । बेंसीका कृषकलाई धान र कोदो खेती लगाउने हतारो भए पनि लेकका कृषक भने आलु थन्क्याउने र बेच्न व्यस्त छन् ।