आज हुने एक दिवसीय क्रिकेट छनौटका लागि नेपालले ओमनलाई जित्नै पर्ने दबाब

आज हुने एक दिवसीय क्रिकेट छनौटका लागि नेपालले ओमनलाई जित्नै पर्ने दबाब
काठमाण्डौ, माघ २६ । आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ । एक दिवसीय क्रिकेट छनौटका लागि दुई शीर्ष स्थानमा रहन नेपालले ओमनलाई पराजित गर्नुपर्ने छ । आफ्नो पहिलो खेलमा नेपालले आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा हारेको ओमान पनि नेपाललाई हराउँदै जित निकाल्ने...

आइसिसी विश्व क्रिकेट लिगः नेपालद्वारा नामिबिया पराजित

आइसिसी विश्व क्रिकेट लिगः नेपालद्वारा नामिबिया पराजित
काठमाडौँ, २५ माघ / आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई १ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई जीतका लागि १३९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो । ...

नेपाल भर्सेस नामिबियाः बर्गरले रोक्लान् कि पारसले ठोक्लान् ?

नेपाल भर्सेस नामिबियाः बर्गरले रोक्लान् कि पारसले ठोक्लान् ?
२४ माघ, काठमाडौं । नेपालले घरेलु टोली नामिबियाविरुद्ध खेल्दै आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू प्रतियोगिता सुरु गर्दैछ । प्रतियोगिताबाट विश्वकप छनोट खेल्ने दुई टोलीको टुंगो लाग्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन टूमा घटुवा भएको हो । तर, नेपालले अझै विश्वकप छनोट खेल्ने सपना छाडेको छैन । नामिबिया पनि नेपालसँगै डिभिजन १ बाट घटुवा भएको टिम हो । दुवै टोली ...

बुढासुब्बा गोल्डकपमा पुलिस अन्तिम चारमा

बुढासुब्बा गोल्डकपमा पुलिस अन्तिम चारमा
सुनसरी / सुनसरीको धरानमा जारी बुढासुब्बा रेडबुल गोल्डकपको सोमबार भएको खेलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा ११ लाई २–० ले हराउँदै विभागीय टिम नेपाल पुलिस क्लब अन्तिम चारमा प्रवेश गरेको छ । धरान फुटबल क्लबको आयोजनामा धरान(१६ स्थित प्रादेशिक रंगशालामा भएको तेस्रो दिनको खेलमा झापा ११ का खेलाडीको सुसाईड गोल र पुलिसका सुमन लामाको गोलले २–० को अन्तरले पुलिसले जित हात पारेको हो । खेलको पहिलो हाफक...

बुढासुब्बा गोल्डकपमा थ्रि स्टार सेमिफाईनलमा 

बुढासुब्बा गोल्डकपमा थ्रि स्टार सेमिफाईनलमा 
धरान । निराजन खड्काको ह्याट्रिकको सहायताले रुस्लान थ्रि स्टार धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । धरान १६ रंगशालामा भएको अन्तिम क्वार्टर फाइनलमा सुदुरपश्चिम ११ लाई ० का विरुद्ध ४ गोल गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो । थ्रि स्टारका लागि स्टाइकर निराजन खड्काले ३ गोल गरेका थिए भने सुनिल बलले १ गोल गरेका थिए । निराजनले खेलको ७ मिनेट र ५४ खेलको इन्जुरी समयम...

रियल मड्रिडको अर्को निराशाजनक प्रदर्शन

रियल मड्रिडको अर्को निराशाजनक प्रदर्शन
२१ माघ, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगामा अर्को निराशाजनक प्रदर्शन गरेको छ ।शनिबार राति भएको खेलमा रियलले लेभान्टेसँग २-२ को बराबरी खेलेको हो । लेभान्टेको घरेलु मैदानमा भएको खेलमा रियलले ११ औं मिनेटमा नै सर्जिओ रामोसको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्तिममा घरेलु टोलीले बराबरी गोल फर्कायो । खेलको ८१ औं मिनेटमा इस्कोले गोल गर्दै रियल मड्रिडलाई २-१ को अग्रता दिलाए । तर, ...

च्याम्पियन्स लिगमा टिकेको छ जिदानको भविश्य

च्याम्पियन्स लिगमा टिकेको छ जिदानको भविश्य
१२ माघ, काठमाडौं । रियल मडि्रडको इतिहासमा लेगान्सविरुद्धको यति महत्वपूर्ण कोपा डेल रे भिडन्त विगतमा कमै थिए । तर, प्रशिक्षक जिनेदिन जिदानले आफ्ना दुई प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो र गेराथ बेललाई बेन्चमा राखे । परिणामस्वरुप रियल मड्रिड उनीहरुको ‘लुरे’ छिमेकीद्वारा कोपाबाट हुत्याइयो । हारको ठूलो चोट प्रशिक्षक जिदानलाई लागेको छ । उनले आगोसँग खेल्ने निर्णय गरेका थिए, तर आफैं नराम्रोसँग जल्न प...

मनाङ्ग र थ्रिस्टार उपाधिका लागि भिडने

मनाङ्ग र थ्रिस्टार उपाधिका लागि भिडने
मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप इटहरी / गरिफा स्पोर्टिङ क्लब कोलकाता भारतलाई ३–० गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ््दी क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा मनाङले लगातार गोल गर्न सफल भयो । मनाङ्गले दोस्रो हाफको खेल शुरु भएको दोस्रो मिनेटमै सन्तोष साहुखलले आफ्नो टोलीका...

मड्रिडमा बलेको आगोमा पेट्रोल हाल्न चाहन्नँः माउरिन्हो

मड्रिडमा बलेको आगोमा पेट्रोल हाल्न चाहन्नँः माउरिन्हो
१२ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले भनेका छन् कि क्रिष्टियानो रोनाल्डो यस्ता खेलाडी हुन्, जसलाई हरेक म्यानेजरले आफ्नो टिममा होस् भन्न चाहन्छन् । तर, रोनाल्डो ओल्ड ट्राफर्ड फर्कने दाबीमा कुनै प्रतिक्रिया दिएर रियल मड्रिड मड्रिडमा बलिरहेको आगोमा पेट्रोल नहाल्ने बताएका छन् । यो सिजन रियल मड्रिड र उसका स्टार स्ट्राइकर रोनाल्डोले राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । ल...

यू-१९ विश्वकपः भारत र पाकिस्तानको भेट सेमिफाइनलमै

यू-१९ विश्वकपः भारत र पाकिस्तानको भेट सेमिफाइनलमै
१२ माघ, काठमाडौं । बंगलादेशलाई १३१ रनले हराउँदै भारत यु-१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ । यो खेल आगामी सोमबार हुनेछ । पहिलो सेमिफाइनल भने आइतबार हुनेछ, जसमा अस्ट्रेलियाले अफगानिस्तानको सामना गर्नेछ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले अन्तिम चार बल खेल्नुअघि सबै विकेट गुमाएर २६५ रन बनायो । १६ रन जोड्दा पहिलो विकेट...