बर्दिवास, २९ मङ्सिर ।  एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरीको बर्दिवासमा एकजना पक्राउ परेका छन् । झापा जिल्लाको महेशपुर–१ का २६ वर्षीय विष्णु राजवंशीलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

आजभन्दा २५ दिनअघि मङ्सिर ४ गते अपराह्न राजवंशीले बर्दिवास नगरपालिका–१० स्थित डाँडागाउँकी एक १३ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार भएका राजवंशीलाई मङ्गलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।  राजवंशीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

तपाईको प्रतिक्रिया