हलिउडकी चर्चित अभिनेत्री जाजा गोबरको ९९ वर्षको उमेरमा निधन भएको छ। निधनपछि उनका श्रीमान् फ्रेडिरिक भोन एनहाल्टले भनेका छन्,’यहाँ सबै थिए। उनी एक्लै मरिनन्।’  हंगेरीमा जन्मिएकी जासा दोस्रो विश्‍युद्धको समय अमेरिका छिरेकी थिइन्। उनले १९५२ मा हलिउडमा डेब्यु गरिन्। ७० भन्दा बढी फिल्म खेलेकी जाजा आफ्नो सेलिब्रेटी लाइफस्टायलका कारण धेरै चर्चामा रहिन्। जीवनभर उनले ९ जनासँग बिहे गरिन्।

यसबाहेक अन्य थुप्रैसँग रोमान्स गरेको खुलासामा उनले आफ्नो आत्मकथामा गरेकी छिन्।  २० वर्षको उमेरमा उनले पहिलो बिहे गरेकी थिइन्। अन्तिम बिहे ७० वर्षको उमेरमा गरिन्। बाल्यकालमा जाजाकी आमाले छोरीलाई भेटेनरी डाक्टर बनाउन चाहेकी थिइन्। तर आफ्नो सुन्दरता देखाउन उनी मोडलिङको दुनियाँमा आइन्। उनले सन् १९३६ मा मिस हंगेरीको उपाधि जितेकी थिइन्।

तर प्रतिस्पर्धामा सहभागी हुने क्रममा उमेर ढाँटेको पुष्टि भएपछि उनको ताज खोसियो। हलिउड आएपछि उनले ५० को दशकमा खेलेका मोउलिन रोउ, लिलि, क्विन अफ आउटर स्पेस लगायतका चलचित्र हिट भए। ९ पटक विवाह गरेकी जाजाले एउटै मात्र बच्चा जन्माइन्। छोरी फ्रान्सिस्का हिल्टन सन् १९४७ मा जन्मिएकी थिइन्। गत वर्ष निधन भएकी फ्रान्सिस्का पूर्व श्रीमान् कोनराड हिल्टनतर्फकी छोरी हुन्।

सन् १९९३ मा सार्वजनिक आफ्नो आत्मकथा ‘वान लाइफटाइम नट इनफ’ मा उनले आधुनिक टर्कीमा प्रथम राष्ट्रपति केमल अटाटर्कसँग यौनसम्बन्ध राखेको दाबी गरेकी थिइन्। आत्मकथामा उनले अटाटर्कसँगको सम्बन्धपछि आफ्नो भर्जिनिटी गुमेको दाबी गरेकी छिन्। उनले आफ्नो आत्मकथामा चर्चित कलाकार सियन कोनेरी, फ्रयाङक सिनात्रासँग पनि रोमान्स गर्न भ्याएको उल्लेख गरेकी छिन्। उनको नाम अमेरिकी राष्ट्रपति जोन अफ केनेडीसँगको सम्बन्धका कारण पनि चर्चामा आउँछ। आत्मकथामा जाजाले लेखेकी छिन्,’मेरी आमा भन्थिन्, मैले रात बिताएका सबैसँग बिहे गर्नुपर्छ भन्‍नेछैन्।

तर मैले अधिकांशसँग गरें।’  सन् २००२ मा कार दुर्घटनापछि उनी व्हिलचेयरको साहारामा थिइन्। किन गरेकी थिइन् बिहे? एक अन्तरवार्ताका क्रममा उनले धेरै श्रीमान् बनाउँदा उनीहरुबाट धेरै कुराको ज्ञान भएको बताएकी थिइन्। गाबोरले धेरै बिहे गर्दा गल्ति गरेको महसुस कहिल्यै नभएको बताइन्। उनले सम्बन्ध-विच्छेदपछि पनि आफ्ना पूर्व श्रीमानसँग राम्रो सम्बन्ध कायम राखिन्। उनीहरुका विषयमा कहिल्यै नराम्रो टिप्पणी गरिनन्। ‘हरेक श्रीमानसँग मेरो अनुभव राम्रो रह्‍यो। हरेकसँग मैले केही न केही महत्वपूर्ण कुरा सिके।’ गाबोरले आफ्नो आत्मकथामा लेखेकी छिन्,’ टर्किस राजदुतसँगको बिहेपछि मैले कुटनीति सिके।

कोनराड हिल्टनले मलाई कसरी राम्रो गृहणी र व्यवसायी बन्‍ने भनेर सिकए। मैले जर्ज स्यान्डर्ससँग अभिनय सिकें,’ पूर्व श्रीमानहरुका विषयमा गाबोरले लेखकी छिन्। यी थिए  जाजाका श्रीमान् बुरहान बेल्गे : टर्किस राजदुत ( सन् १९३७ मा जाजासँग बिहे गरेका थिए। ४ वर्ष सम्बन्ध टिक्यो।) कोनराड हिल्टन : होटल व्यवसायी हिल्टनसँग जाजाले सन् १९४२ मा बिहे गरिन्। १९४७ मा सम्बन्ध विच्छेद भयो। जाजाकी एउटै सन्तान अमेरिकी कलाकार फ्रान्सिस्को हिल्टनका बाबु हुन्, कोनराड ) जर्ज स्यान्डर्स : अभिनेता स्यान्डर्स १९४९ देखि १९५४ सम्म जाजाका श्रीमान् रहे।

त्यसपछि उनले जाजाकै बहिनीसँग बिहे गरे। हर्वर्ट हुट्नर : बैंकर हुट्नर १९६२ देखि १९६६ सम्म जाजाका श्रीमान् रहे। जोसहुवा कोस्डन : तेल व्यापारी कोस्डन १९६६ देखि १९६७ सम्म जाजाका श्रीमान् रहे। ज्याक रायन : डल डिजाइनर ज्याक १९७५ देखि १९७६ सम्म उनका श्रीमान् रहे। माइकल ओ हारा : जाजाले अन्य व्यक्तिसँग सम्बन्ध-विच्छेद गर्ने क्रममा वकिल ओ हाराको सहयोग लिने गरेकी थिइन्।

१९७६ मा ओ हारासँग नै बिहे गरिन्। ७ वर्षपछि उनीसँग पनि डिभोर्स गरिन्। फिलिपे डि अल्बा : मेक्सिकन अभिनेता तथा वकिल अल्लाले १९८३ मा उनीसँग बिहे गरे। सम्बन्ध निकै छोटो समयमात्रै टिक्यो। पूर्वपति ओ हारासँग सम्बन्ध विच्छेद गर्नु अगावै उनली अल्बासँग बिहे गरेकी थिइन्। त्यसैले कानूनी झमेलाका कारण चाडैं अल्बालाई छाडिदिइन्। फ्रेडरिक प्रिन्ज भोन एनहाल्ट : व्यवसायी एनहाल्टसँग उनले १९८६ मा बिहे गरिन्। विवाह गर्दा एनहाल्टको उमेर ४३ वर्ष तथा जाजाको उमेर ७० वर्ष थियो। मृत्युअघिसम्म जाजालाई एनहाल्टले साथ दिए।

तपाईको प्रतिक्रिया