१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

प्रदेश २ को नाम र राजधानी तोक्न प्रदेशसभाले दोस्रोपटक प्रक्रिया बढाएको छ । प्रदेशसभा सचिवालयले बिहीबार प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ताका लागि सूचना निकालेको हो । सचिवालयले वैशाख २ देखि ९ गते ३ बजेसम्म प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव दर्ताका लागि समय तोकेको छ ।

प्रदेशसभामा रहेका राजनीतिक दल र सांसदले तोकिएको समयभित्र नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गराउन सक्ने सचिवालयका सचिव रञ्जित यादवले बताए । सचिवालयले बोलाएको सर्वदलीय बैठकमा राजनीतिक दलबीच भएको सहमतिअनुसार प्रस्ताव आह्वान गरिएको उनको भनाइ छ ।

नाम र राजधानी तोक्न २०७६ चैत ४ गते भएको मतदानमा सबै प्रस्ताव अस्वीकृत भएका थिए । गत वर्ष मत विभाजन गरेर प्रदेशको नाम र राजधानी टुंग्याउन मतदान गरिए पनि दुईतिहाइ नपुग्दा सबै प्रस्ताव असफल भएका हुन् । प्रदेशसभाले फेरि त्यही प्रक्रियाबाट नाम र राजधानी टुंग्याउन खोजेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]