सप्तरी – कोरोना रोकथाम तथा नियन्त्रणका लागि सप्तरीमा मास्क खोइ अभियान थालिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी , जिल्ला प्रहरी कार्यालय सप्तरी,जिल्ला ट्राफिक प्रहरी कार्यालय र सस्त्र प्रहरी बलले संयुक्त रुपमा सो अभियान थालेका हुन् । अभियान अन्तर्गत आइतबार सप्तरी सदरमुकाम राजविराज ,रुपनी ,बिरेन्द्र बजार ,रुपनगरमा माक्स नलगाई हिड्ने सर्वसाधारण तथा सवारी चालकलाई माक्स वितरण गरिएको थियो । माक्स नलगाई हिंडे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने भनि सचेत गराइएको समेत सप्तरी प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोख्रेल ले जानकारी गराउनु भयो ।
भोलि बाट अझ ससक्त बनाउने र मस्क न लगाई हिड्ने लाई एक महिना जेल र १०० रुपैया सम्म जरिवाना हुन सक्ने जानकारी गराउनु भयो ।