अफगानिस्तान, १९ माघ । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको सनगीन जिल्लामा जारी रहेको हवाई र स्थल कारबाहीमा परी दुई दर्जनभन्दा बढी आतङ्ककारी मारिनुको साथै अन्य २५ जना घाइते भएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ । जारी विज्ञप्तिका अनुसार स्थल र हवाई आक्रमणम १९ तालिवान लडाकू मारिएका छन् । त्यसैगरी गत दुई दिनमा पाँच आतङ्ककारी मारिएका बताइएको छ ।

यद्यपी अफगान सरकार प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुलको सुरक्षा व्यवस्थामा सुधारको लागि गत मङ्गलबार हेलमान्ड प्रान्तको भ्रमण भएको थियो ।गत दुई वर्ष यता हेलमान्ड प्रांन्तको सरकारी बलसँग लडाई गरिरेहका तालिवान आतङ्ककारी समूहले भने यस आक्रमणको विषयमा कुनै टिप्पणी गरेका छैनन् । हेलमान्ड प्रान्तको कैयाँै भाग अर्झै पनि तालिवान आतङ्ककारी समूहको नियन्त्रणमा रहेको छ

तपाईको प्रतिक्रिया