१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २०, २०७८

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।

अस्पतालको अक्सिजन सहितको कोभिड वार्डमा उपचाररत हेटौंडा–१ का ५५ वर्षीय पुरुषको आइतबार राती ९ बजे मृत्यु भएको कोभिड इञ्चार्ज डा.सागर काफ्लेले बताए । काफ्लेका अनुसार संक्रमण पुष्टिपछि उनलाई अस्पतालको कोभिड कक्षमा राखेर उपचार गरिएको थियो ।यसैगरी बारा, अमलेखगञ्जका ४६ वर्षीय पुरुषको सोमबार बिहान ६ बजेर २२ मिनेटमा मृत्यु भएको डा. काफ्लेले जानकारी दिए । मृतक पुरुषलाई आइतबार बेलुका १२ बजे हेटौंडा अस्पताल ल्याइएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा ४ जनाको ज्यान गएको छ । हालसम्म मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]