यी आँखाले किन अचेल तिमीलाई नै खोज्छन
हजारौको भिडमा पनि तिमीलाई नै रोज्छन

कहाँ देखू कहाँ भेटु किन फेरि यो उदासी
फुली दिन्छ प्रीत मन्मा राखी दिन्छु माला गासी

मन्द मुस्कान बन्द ओठ बोल्छौ जब तिमी हासी
स्वीकार छन् सबै मलाइ तिमीले गर्ने बदमासी

यी ओठले अचेल किन तिम्रै बोल बोल्छन
ना छेक्न सक्छु तिम्रो याद मन्ले ढोका खोल्छन

पाप पुण्य थाहा छैन देव भन्दा माथि देख्छु
मेरो मन बुझ्न सक्ने केवल तिमी साथी देख्छु

किन कोरियो किन बेरियो मायाको यो घेरो
तिमी तिरै पुग्छ मन् किन हुन्न बसमा यो मेरो

तपाईको प्रतिक्रिया