भारत । भारतको देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । दिल्लीसहितका बिभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । गएराति १० बजेर ४९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर अमेरिकी भूगर्भ विभिग युएसजिएसले भने ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प रहेको जनाएको छ । दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

नेपालको सुदुरपश्चिमी जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पपछिको अवस्थाका बारेमा निगरानी गरिरहेको भारतीय गृहमन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया