कलकत्ता, २६ माघ – भारतमा एक नायिका घरमै झुण्डिएको अवस्थामा फेला परेकी छिन् । कलकत्तामा एक बंगाली नायिकालाई झुण्डिएको अवस्थामा भेटिएको छ । पुलिसले २८ वर्षीय बितास्ता शाहाको शव झुण्डिएको अवस्थामा फेला परेको जनाएको हो ।

हातको नशा काटिएको र शरीरमा चोट पनि लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बताइएको छ कि, बितास्ताको पछिल्लो चलचित्र गतवर्षको अक्टोबरमा रिलिज भएको थियो ।
बितास्ताले दुई दिनदेखि फोनको जवाफ दिएकी थिइनन् । पुलिसका अनुसार बितास्ताकी आमाले दुई दिनदेखि उनलाई फोन गरिरहेकी थिइन् । तर उनले फोन उठाएकी थिइनन् । बारम्बार ढोका ढक्ढकाउँदा पनि बिस्ताताले ढोका नखोलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले ढोका फोडेर भित्र गएका थिए । उनको मृत्युलाई लिएर प्रहरीले कल डिटेलमाथि अनुसन्धान गरिरहेको जनाइएको छ । लामो समयदेखि बितास्ता डिप्रेसनमा रहेको र मर्ने कुरा गरिरहेको पनि खबर आएको छ । उनले केही दिन पहिले नै फेसबुक स्टाटसमा लेखेकी थिइन्, ‘मर्नु राम्रो हुन्छ ।’लोकान्तरको सहयोगमा 

तपाईको प्रतिक्रिया