१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ २५, २०७८

काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर कोरोना महामारीका बीच १४औं महाधिवेशन गर्ने उपाय खोज्नुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार लगायतका नेताहरु सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । नेताहरुले भदौमा निर्धारित महाधिवेशन गर्नु साझा दायित्व भएको भन्दै क्रियाशील सदस्यता छानबिन समितिलाई सक्रिय बनाउन र पार्टीको बैठक राखेर कार्यतालिकामा आवश्यक परिमार्जन गर्न आग्रह गरेका छन् ।कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको डेटा सिस्टममा इन्ट्री गर्न दिएको अन्तिम म्याद मंगलबार मध्यराति १२ बजे सकिंदैछ । हालसम्म करिब ८ लाख डेटा इन्ट्री भएको छ । तर सिन्धुपाल्चोक लगायत कतिपय जिल्लामा विवादका कारण क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रभावित भएको छ भने कतिपय जिल्लाको डेटा इन्ट्री भइसकेको छैन ।

केन्द्रीय पार्टी कार्यालयको डेटा सिस्टममा आएका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेपछि उजुरी लिएर छानबिन गर्नुपर्छ । यसका लागि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा क्रियाशील सदस्यता छानबिन समिति बनेको छ । समितिले प्रष्ट मापदण्ड बनाएर लागू गर्ने हो भने पनि उजुरी लिएर छानबिन गर्न कम्तीमा एक महिना लाग्ने सक्ने अनुमान गरेको छ ।जबकि असार २० बाट वडा अधिवेशन गर्नुपर्ने कायतालिका छ । प्रदेश अधिवेशन साउन ६ मा हुनेछ भने केन्द्रीय महाअधिवेशन भदौ ७–१० का लागि तोकिएको छ ।नेताहरुले प्रदेश र केन्द्रको अधिवेशनको अवधि घटाएर नयाँ कार्यतालिका बनाउन आग्रह गरेका छन् । उनीहरुले वडा तहको अधिवेशन पनि एकैठाउँमा नगरी छरेर गर्ने तथा केन्द्रीय अधिवेशनको मतदान जिल्लामै गर्न सकिने बताएका छन् ।

जवाफमा सभापति देउवाले महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको भन्दै पदाधिकारी बैठक राखेर आवश्यक निर्णय गर्ने बताएका छन् । ‘हामीलाई समय लम्ब्याउने सुविधा छैन । निर्धारित समयमा गर्न कोरोनाको प्रकोपका कारण अप्ठ्यारो छ । यो अवस्थामा महाधिवेशनलाई कसरी गर्ने भन्ने छलफल भयो,’ भेटमा सहभागी केन्द्रीय सदस्य गुरु घिमिरे भन्छन्, ‘सभापतिले पनि सकारात्मक कुरा गर्नुभएको छ । महाधिवेशन गर्नुको विकल्प छैन ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]