१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ २६, २०७८

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने माग र प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदैछ ।

संवैधानिक इजलासका न्यायाधीशद्वय दीपकुमार कार्की र डा. आनन्दमोहन भट्टराईका सवालमा महान्यायाधिवक्ता रमेश बडालले ‘लफडा’ मच्चाउँदै अघिल्लो इजलासमा प्रवेश गरेको हुँदा त्यसको छिनाफानो गरी रिटमाथि सुनुवाई हुनेछ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सोमबार-मंगलबार ‘अस्वस्थ’ भएपछि इजलास रोकिएको थियो । आजदेखि फेरि संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । प्रतिनिधि सभा पुन:स्थापना हुनुपर्ने रिटका निवेदकहरूले संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश चयन हुनुपर्छ भन्‍ने आग्रह गरेपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा न्यायाधीश सामेल गरेका थिए ।

तर महान्यायाधिवक्ता बडालले ‘अस्वाभाविक शैली’मा वरिष्ठ न्यायाधीशहरूमाथि प्रश्न उब्जाएपछि आइतबारको इजलास पनि रिटको विषयवस्तुमा प्रवेश गर्न पाएको थिएन । आजको संवैधानिक इजलासले त्यो विषयको छिनोफानो भएपछि रिटको विषयवस्तुमा प्रवेश गर्नेछ ।प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सामेल छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसामु प्रधानमन्त्री पदमा संविधानतः स्पष्ट बहुमत पेश गर्दागर्दै पनि त्यसलाई उनले अस्वीकृत गरेकी थिइन् ।

त्यसअतिरिक्त प्रतिनिधि सभा विघटन गर्ने सरकारी प्रस्तावलाई पनि राष्ट्रपतिले तत्कालै अनुमोदन गरेकी थिइन् । देउवाले १४६ निवर्तमान सांसदको हस्ताक्षरसहित सर्वाेच्च अदालतमा रिट दिएका थिए । त्यसअतिरिक्त कानुन व्यवसायीले दिएको रिटसहित ३० रिटमाथि सुनुवाइ हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]