नेपाली चलचित्र निर्देशक श्याम भट्टराई यतिबेला ‘हाम्री दाइ कि साली, अलि अलि काली’ बोलको गीत लिएर बजारमा आउने तयारीमा छन् । उनको म्युजिक भिडियोको छायांकन अमेरिकाको लसभेगसमा भएको छ । श्याम भन्छन्, ‘मैले मेरो पेसा भन्दा अलग काम गर्ने कोशिश गरेको छु । हेरौं दर्शक श्रोता ले कत्तिको मन पराउनु हुन्छ ।’लस भेगासका बिभिन्न रमणीय स्थानमा धमाधम छायांकन भइरहेको छ । यस म्यूजिक भिडियोको अझ रमाइलो कुरा के छ भने निर्देशक श्याम भट्टराई यो गीतको भिडियो निर्देशक मात्र नभइ शब्द संगीत र स्वर पनि उनै भट्टराइको छ ।

भिडियो मेकिङको बारेमा उनी अगाडि थप्छन्, ‘हामीले यस म्युजिक भिडियोमा केहि नयाँ मात्र हैन राम्रा लोकेसन पनि छनौट गरेका छौं । त्यसैले यो अरुभन्दा फरक हुनेछ ।’ ‘हाम्री दाइ कि साली’ मा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी अमित लुईटेल साथै गोविन्द सापकोटा, सुमन सिवाकोटीका साथै निर्देशक भट्टराईलाई पनि देख्न सकिने छ ।

म्युजिक भिडियो केहिदिनमा सार्वजनिक हुने पनि गायक भट्टरार्इले जानकारी दिए । म्युजिक भिडियो शंकर राज वाग्ले खिचेका हुन् । केहि समयदेखि अमेरीकामा बस्दै आएका निर्देशक भट्टराई नयाँ नेपाली चलचित्रको पनि तयारी भइरहेको र केहि महिना भित्रै छायाँकन थाल्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया