४ चैत, बिकल रेग्मी , सुनसरी ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वा्चित चलचित्र अभिनेत्री रेखा थापाले निर्वाचन आयोग प्रती आक्रोश पोखेकी छन । निर्वाचन आयोगले संविधान सँग राप्रपाको विधान बाझिएको भन्दै बिधानमा उल्लेखित हिन्दु राष्ट्र एवम् राजसंस्था सम्बन्धी वाक्यांश हटाइदिए पछी उनले आफ्नो फेसबुक मार्फत यसरी आक्रोश पोखेकी छन ।
मौलिक अधिकार हनन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन । निर्वाचन आयोगले राप्रपाको बिधानमा लेखिएको बिचारलाई निषेध गर्ने निर्णय तुरून्त सच्चाईयोस । षषयन्त्रको आभाष…हिन्दुराष्ट्र,सहितको प्रजातन्त्र ज़िन्दाबाद. भन्दै अभिनेत्री थापाले आक्रोश पोखेकी छन । 

तपाईको प्रतिक्रिया