धनन्जय श्रेष्ठ प्रवाशी व्यवसायी हुनुहुन्छ । २०२५ सालमा काठमाडौमा जन्मनुभएका श्रेष्ठ १९८८ मा रुसको मस्कोमा अध्ययनको लागि गएर १९९५ देखी व्यापार व्यवसाय गदै आउनु भएको छ । नेपाली ह्याण्डीक्राप्टका सामान तथा भारतीय हर्वलका सामानको मस्कोमा व्यवसाय गदै आउनु भएको श्रेष्ठ एक सफल व्यवसायी हुनुहुन्छ । श्रेष्ठको परिचय सफल व्यवसायी मात्र नभई नेपाल साम्बो फेडरेशनका अध्यक्ष पनि हुनुहुन्छ । नेपालमा साम्बो खेलको बिकास र बिस्तारमा लाग्नु भएका श्रेष्ठले खेलका अलावा नेपालका बिभिन्न सामाजीक क्षेत्रमा पनि सहयोग गदै आउनु भएको छ ।

प्रस्तुत छ श्रेष्ठसंगको अन्तरवार्ताको सारसंक्षेप । नेपाल साम्बो फेडरेसनका अध्यक्ष हुनुहुन्छ यो साम्बो खेल भनेको कस्तो खेल हो ? साम्बो भनेको रसियन मार्सल आट हो । यसमा दुई किसिमको हुन्छ । एककिसिमको चाहि समातेर पछार्ने र अर्को किसिमको चाहि फुल कन्डक्ट पछार्ने पनि कुटने सवै किसिमको मिक्स मासल आर्ट जस्तो खेल हो । साम्बो खेल नेपालमा कसरी र कहिले भित्रीएको हो रु यो खासै नेपालमा सन् २००७ देखि रजिस्टर भएर रहेको थियो तर एकदम प्यासीव रुपमा रहेको थियो । २०१० मा एसियन फेडरेसनका अध्यक्ष आएर मलाई अध्यक्ष वनाउनु भयो । म अध्यक्ष भए लगलै ३ महिना भित्रै मैले नेसनल च्याम्पीएनसीप गराउन सफल भए । त्यहि वर्ष मैले साउथ एसियन च्याम्पिनसिप पनि गराए । अहिलेसम्म तेस्रो च्याम्पीएनसीप गराइसके, साथै हरेक वर्ष विदेशमा हाम्रो खेलाडीहरुले गएर अन्तराष्ट्रिय च्याम्पीयनसीपमा समेत भाग लिने गरेका छन् । नेपाली खेलाडीहरुवाट विदेशी च्याम्पीयनसीपमा कस्तो प्रतिफल आई रहेको छ रु राम्रै प्रतिफल आएको छ । विश्व साम्बो र एशियन साम्बो च्याम्पीयनसिपमा नेपालले पदको हात खालि रहनु परेको छैन् । साम्बो खेल कुन कुन देशमा खेलिन्छ रु अहिले सम्म १०४ देशमा खेलिन्छ सवैभन्दा राम्रो चाहिँ सेन्टर रसियामा एकदमै राम्रो खेलिन्छ । खासगरी १९३८ मा रसियाले आफ्नो आर्मीलाई मात्र सिकाउने बाहिरलाई थाहा गरेको थिएन एकदम सेप्रेट मात्रै थियो । १९६० मा सवैले खेल्न पाउने गरे तर १९५७ मा गएर नेपालका टोलीहरुपनि साम्वोको झन्डा लिएर रसिया राजदुतावास पुगेका रेकर्डहरु साम्बोे फेडरेसनका अफीसहरुमा थुपै छन् ।

साम्वो खेलमा अरु खेलभन्दा के के कुरा पृथक छन् र ? साम्बोको नाम रसियामा के भन्छ भने आफुले आफैलाई डिफेन्स गर्ने । यसले सिधै रक्षा गर्ने होइन खेल खेल्ने मान्छेमा इम्युनीटि पावर वढछ । बाहिरको कुनै व्याक्टेरीया भाइरसले छुन सक्दैन त्यसवाट पनि डिफेन्स भो त्याहाँ देखि लिएर हरेक किसिमको डिफेन्स आफ्नो डिफेन्सका लागि एउटा नियम बनाएर खेलिने खेल हो । नेपालमा साम्बो खेलका खेलाडिहरुको संख्या कति रहेका छन् रु खेल्ने त थुपै छन् । डेढ सय दुईसय खेलेडी छन् कस्तो भने सवैलाई एकठाँउमा राखेर गणना गरिएको छैन् । सन् २०११ सालमा अन्तराष्ट्रिय साम्बो फेडरेसनवाट प्रशिक्षक ल्याएर आफ्नो खेलाडिहरु मात्र होइन बाहिर शशस्त्र प्रहरीका समेत डेढ सय दुईसय खेलाडीहरुलाई प्रशिक्षण दिएका छौं । कस्तो प्रतिक्रिया पाउनुभयो त सशस्त्र प्रहरीहरुवाट ? ससस्त्र प्रहरीबाट एकदमै राम्रो प्रतिक्रया प्राप्त भएको छ । दुईजना राम्रा खेलाडी समेत उत्पादन भएको छ । अन्तराष्ट्रिय साम्बो प्रतियोगितामा सहभागी भएर पदक समेत ल्याइसकेका छन् । समग्रहमा एकदमै राम्रो छ । अव नेपाल प्रहरी आर्मीहरुलाई सिकाउने योजना छ कि छैन् रु प्रयासहरु भएका छन् कुन माध्यमबाट सकिन्छ हामी छलफलकै क्रममा छौ । नेपालमा साम्बो खेलको भविष्य कस्तो देख्नु भएको छ ? अरु मार्सल आर्टको तुलनामा साम्बो खेलको भविष्य मैले एकदमै राम्रो देखिरहेको छु । किनभने साम्बो अरु मार्सल आर्ट भन्दा भिन्न रुपमा रहेको छ अरु मार्सल आर्ट, कराँते भन्छ टाइकान्दो भन्छ खाली त्यसमा हातले हान्ने खुट्टाले हान्ने समातेर पछार्ने तर जुडोमा समातेर पर्छान, सकिने हातले, खुट्टाले हान्न पाइदैन । तर आर्मी पुलीसहरुको तालीममा समस्या हुन्छ हातले हान्ने भन्दा पनि समातेर पछार्ने सवभन्दा बढि हुन्छ । यस खेललाई फुल मिक्स मार्सल आर्टको रुपमा लिन सकिने भएकाले यसको भविष्य एकदमै राम्रो देखिन्छ । यो खेललाई भविष्यमा नेपालमा विकसीत गदै लैजाने के कस्तो रणनीति बनाउनु भएको छ र ? काठमाडौंमा मात्र यसको डोजो नराखेर नेपाल भर यसलाई विकसित वनाउदै लैजाने तयारीमा छौ । काठमाडौंमा केबल तीन चार वटा डोजो मात्र राखेर नेपालको अन्य जिल्लाहरुमा यस खेललाई राम्रोसँग सिकाएर प्रचार गरेर विकास गदै लैजाने सोचाइ रहेको छ । तपाई एउटा प्रवाशी व्यवसायी हुनुहुन्छ साथै खेलकुद र व्यवसायलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ? खेलकुद सवैको लागि अपरिहार्य कुरा हो । कुनैपनि व्यावसाय संचालन गर्दा एककिसिमको नियममा गर्नु पदर्छ त्यो नियम खेलवाट सिकिन्छ । खेललाई कुनै पनि राजनिति वा व्यावसायको रुपमा नहेरेर छुट्टै रुपमा स्वच्छ रुपमा हेर्नु पर्छ । मेरो व्यावसाय भन्दापनि पहिलो प्राथमिकता खेललाई दिने गरेको छु । समय भन्नेकुरा आफुले चाहेपछि जसरी भएपनि निकालिन्छ ।

खाने मुखलाई जुगाँले छेक्दैन म आफु खेलाडी भएका कारण पनि व्यवसायबाट बचेको समय आफुलाई खेल प्रति समर्पण गराउन मन लाग्छ । यदि साँच्चै कुनै कुरामा मन जान्छ भने समय निस्कीहाल्छ नि । यो साम्बो खेललाई विकास गर्नका लागि याहाले कस्तो सहयोग पाइरहनु भएको छ र ? यो खेललाई सुरुदेखिनै मैले आफ्नो खर्च गरेर संचालन गदै आइरहेको छु । हाल आएर राष्ट्रिय खेलकुद परिषदले सहयोग गदै आइरहेको छ । ओलम्पीक कमिटिले पनि सहयोग गरिरहेका छ । त्यस्तै अलिअलि मेरा व्यावसायी साथीहरुले पनि सहयोग गरिरहनु भएको छ । यसरीनै साम्बोलाई चलाउदै आइरहेका छौ । तपाई मस्कोका सफल नेपाली व्यावसायी हुनुहुन्छ मस्कोमा हाम्रा अरु नेपाली व्यवसायीहरुको अवस्था कस्तो रहेको छ रु चार पाँच सय भन्दा वढि छन् हाम्रा नेपाली व्यावसाहीहरुले मस्कोमा समयको माग अनुसार व्यावसाय गर्न नसकेको हो कि जस्तो लाग्छ । चाहे जस्तो व्यवसायबाट प्रतिफल पाइरहेका छैनन् ।

sambaaa मस्कोमा रहेको नेपालीहरुको खास समस्या के छ ? मस्कोमा रहेका नेपालीहरुको खासै त्यस्तो समस्या केहि छैन ।त्यहा रहेका नेपालीहरु सवै लिगल हुनुहुन्छ इलिगल रुपमा कोही रहनुभएको छैन् । आ आफ्नो व्यावसाय गरेर वसिरहनु भएको छ नयाँ आउनेहरु पनि वर्क प्रमिट लिएर आफ्नो काम गदै आइरहनुभएको छ । मस्कोमा एन ।आर ।एन को भुमीका कस्तो रहेको छ रु ठिकै छ चलिरहेकै छ । जो एन आर एन मा लागीरहेका छन तिनीहरुको भुमिका छुट्टै छ यसमा उनीहरु खुसी छन् । अन्तमा यहाँ एउटा व्यावसायी खेलको संस्थापकको हिसावले नेपाल र नेपाली जनताहरुलाई दिनुपर्ने सन्देश के छ ? म कुनैपनि चिजमा सफल्ता पाउन उसले विविध क्रियाकलाप गर्नुपर्छ । त्यसका लागि योगा गरेर मन मष्तिस्कलाई स्वच्छ राख्नु पर्छ । साथै विभिन्न खेल तथा कसरत गर्नुपर्छ विहान उठेर विस पचिस मिनेट दौडने योपनि एक किसिमको खेलै हो । यस्ता खेलको माध्यमवाट मानिसहरुले तन्दुरुस्ती तथा निरोगीता पाउनुको साथै जिवनमा सफलता प्राप्त गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया