काठमाडौँ, ७ चैत, नव नायक मोहन बोगटी र हर्षिका श्रेष्ठद्वारा अभिनित ‘मेरी कुसुम’ चलचित्र भित्र रहेको ‘तिमी बिना हाँस्न सकिन तिमी बिना बाँच्न सकिन’ बोलको निकै मार्मिक गी आज सार्वजानिक भएको छ । टंक बुढाथोकीको स्वर संगीतमा सुसज्जित यस गीतको कोरियोग्राफी भने कविराज गतराजले गरेका छन् । आज सार्वजनिक हुन लागेको यस गीतले निकै दर्शकको मन खिच्ने नायक मोहन बोगटीको दाबी छ ।

‘मेरी कुशुम’ चलचित्र मे महिनाको पाँच तारिखमा दुबर्इ लगायत नेपाल बाहिरका पन्ध्र देशहरुमा एकै साथ रिलिज हुने भएको छ भने नेपालका सम्पूर्ण हलहरुमा यहि आउँदो जेठ पच्चिस गतेबाट लाग्ने पक्का भइसकेको छ । निकै गहन कथाबस्तु समेटेर बनाएको यस चलचित्रले निकै ठुलो प्रशंसा पाउन सफल हुनेमा निर्माता पक्ष ढुक्क रहेको सुनिता बोगटीले जानकारी दिइन् ।
हेर्नुहोस् यो मार्मिक गीतको भिडियोः 

तपाईको प्रतिक्रिया