काठमाडौँ, ७ चैत,
भर्खर भर्खर सफर सुरु भएको छ
उनीसँग जुध्न नजर सुरु भएको छ
सफरको सुरुवातमा नै नायिका नीता ढुंगानाको नजर सोहम भेटुवालसँग जुध्न सुरु भएको छ र एउटा प्रेमिल मोडमा पुगेको छ । नीता र नायक तथा मोडल सोहमलाई यसरी प्रेम शुत्रमा बाँध्ने गीत लेखेका हुन् अहिलेका चर्चित गीतकार नृपेश उप्रेतीले । जुन गीतको म्यूजिक भिडियो लन्डनबाट सार्वजनिक गरिएको छ । जसलाई नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारण सभामा बीबीसी विश्व सेवाका नवीन सिंह खड्काले आइतबार विमोचन गरे ।

‘यो गीत हरेक युवा मनको चाहना र भावना हो । हर कोहीलाई आफ्नै गीत जस्तो लाग्छ र आफ्नी प्रेमिकालाई पहिलो पटक भेटेको क्षण याद आउँछ’ आफ्नो गीतको बारेमा रचनाकार उप्रेती भन्छन् । संगीत सिकेर खारिएर आएका पुरुषोत्तम सुवेदीले आफ्नो स्वर र संगीतले यो गीतमा अत्यन्तै मिठास भरेका छन् । यो गीतको म्यूजिक भिडियो दिपेन्द्र केसीको निर्देशनमा तयार गरिएको हो ।
हेर्नुहोस् यो निम्मै मिठो गीतको म्यूजिक भिडियोः 

तपाईको प्रतिक्रिया