नेपाल आदिवासी जनजाति महासंघले आन्दोलनको पूर्व घोषित कार्यक्रम अनुसार आज २०७३ साल चैत्र १२ गतेका दिन इटहरी चौकमा बृहत मानव साङ्लो प्रदर्शन गरेको छ । विभिन्न जातिय संघसंस्था, युवा महासंघ लगायतको वृहत सहभागितामा र्याली सहित २ घण्टा इटहरी चौक कब्जामा लिई कार्यक्रम कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुनसरीका अध्यक्ष श्री राम माण्डुपा राई लगायत विभिन्न जातिय संस्थाका अध्यक्षहरुले सम्बोधन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया