सोचाइमा फरक र समाजका नजरमा तपाईं स्विटेवल पर्सन चाहिरहनु भएको छ ? स्विटेवलको परिभाषा के ? यो जटिल बिषय छ । यसलाई केलाउन माटो को प्रयोग गरौ , माटो कतिको स्विटेवल ? कुन माटो स्विटेवल ? प्रेम स्विटेवलको खोजीमा धरापमा हुन्छ । प्रेम त यस्तो तत्व हो जसले तपाईंको लागि स्विटेवल नै मात्र प्रेम हो । प्रेमले हेर्नुस् त , माटोमा तपाईं फूल ,फुलाउन सक्नुहुन्छ । अथवा माटो लाई दिनहु पुज्ने भगवान बनाउन सक्नुहुन्छ । यस्तोमा कलात्मक प्रेम को सन्दर्भ आउँछ । यसर्थ प्रेमपुर्वक तपाईंले कसैलाई ग्रहण गर्नुभयो भने त्यसमा अलौकिक रुपमा चेतना जाग्रित हुनेछ । फलतः तपाईंले कसैलाई आफू स्विटेवल पर्सन खोजेर हैन निर्माण गरेर प्राप्त गर्न सक्नुहुन्छ । किनकि तपाईंको प्रेममा सिर्जना छ । निर्माण छ । र तपाईंको प्रेम सर्वशक्तिमान छ ।

तपाईको प्रतिक्रिया