१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन ०८, २०७८

जनकपुरधाम – कमला नदीमा उच्च बहावका कारण बाढीले बगाएको बाँध मर्मत कार्य प्रभावित बनेको छ । कमलाको बाढीले सबैला नगरपालिका– १३ किरतपुरमा करिब ५ सय मिटर तटबन्ध भत्काएको छ ।

बाँध भत्काएपछि थप क्षति हुन नदिन गरिएका प्रयास असफल भएको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराईले बताए । ‘बाढी नियन्त्रणबाहिर छ,’ उनले भने, ‘बाँधमा क्षति रोक्न तीन दिनयता गरेका प्रयास असफल भएका छन् ।’बाढी बस्तीमा पस्न नदिन बनाइएका अस्थायी स्परहरू पनि बाढीले बगाएको छ । कमला बाँधको थप केही ठाउँमा क्षति पुर्‍याएको र कुनै पनि बेला भत्किन सक्ने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले बताए । सोमबार बिहानैदेखि बाढीले तटबन्ध कटान सुरु गरेको थियो ।

‘स्थानीयले सयौं रूख काटेर तटबन्धको छेउमा राखे पनि बाढीले बगाएको छ,’ बाँस्तोलाले भने, ‘बहाव फर्काउन गरिएका प्रयासहरू असफल भएका छन् । पछिल्लो दुई दिनयता सुरक्षाकर्मीले बोरामा माटो राखेर बनाएको बाँध पनि बाढीले बगाएको हो । दिनभर बनाएको बाँध रातिको बाढीले बगाउने गरेको छ ।’तटबन्ध तत्कालै निर्माण नगरिए सबैला, कमला, जनकनन्दनीलगायतका पालिकामा ठूलो क्षति हुन सक्ने स्थानीय श्यामसुन्दर महतोले बताए । वर्षात्को मौसम भएकाले नदीमा बाढीको सतह बढेको खण्डमा बस्तीमा बाढी पसेर ढुवानको जोखिम छ । कमला नदी नियन्त्रण आयोजना प्रमुख भट्टराईले तटबन्ध निर्माणको काम भइरहे पनि बगाउँदै लगेकाले समस्या आइरहेको बताए ।

‘विभागले ५० लाख रकम पठाएपछि बाँध मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘पत्र पाएलगत्तै काम सुरु गरिसकेका छौं । नदीमा नाइलनको जालीमा बोरा राखेर स्पर बनाए पनि बाढीले बगाएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]