उपचारका लागि अमेरिका र अष्ट्रेलियामा समेत सहयोग जुट्दै फिल्मीबजार,२९ चैत्र २०७३,काठमाण्डौ । तीन दशक देखि कलाकारितामा क्रियाशिल रहेका कलाकार दिपक क्षेत्री केहि दिन देखी घाँटीमा पलाएको मासुको कारण थला परेका छन् । आर्थिक अभावको कारण उनी रोगले ग्रस्त पार्दा सम्म अस्पताल देख्न पाएका छैनन् । सोमबार देखी उनको उपचारका लागि चलचित्रकर्मीहरुले सहयोग संकलन गर्न सुरु गरेका थिए । चलचित्र पत्रकार संघ लगायतका संघ र ब्यक्तिहरुले समेत उनको उपचारका लागि सहयोग संकलन कार्यलाई सक्रिय गरेका छन् ।

बिभिन्न संघ-संस्था र ब्यक्तिहरुले समेत गरि करिब ५ लाख सहयोग संकलन गरिएको छ । तर,यो समचार तयार पार्दा सम्म पनि उनी अस्पताल जान सकेका छैनन् । उनको उपचारका लागि अमेरिकामा रहेका चलचित्रकर्मीहरुले समेत तीन लाख चालिस हजार भन्दा बढी रकम संकलन गरेका छन् । भने,अष्ट्रेलियामा पनि सहयोग रकम संकलन सुरु गरिएको फिल्मीबजारका प्रतिनिधिले जानकारी गराएका छन् । पारिवारिक स्रोतका अनुसार घाँटीमा पलाएको मासुको शल्यक्रिया गर्नु पर्नेछ । जसका लागि ५ देखि १० लाख लाग्न सक्ने बताईएको छ ।

@filmybazar

तपाईको प्रतिक्रिया