The Black Day (Baishak 12)

“बाबा भनिस्यो त, हाम्रो नानूको अनुहार हजुरको जस्तो छ कि मेरो जस्तो?”
“नाक चै तिम्रो जस्तो छ, बाकी काटीकुटि सबै मेरो जस्तै छ” , म नानूलाई काखमा लिदै उन्को मुहार हेर्दै भन्थे ।
” खुब होला हजुर संग त केही पनि मिल्दैन, मेरि छोरी मामु जस्तै छिन, खै दिस्यो अर्काको नानूलाई यतिकै मामु जस्तो छैन भन्नू हुन्छ” रिसाएझै गरि उनी मेरो हातबाट नानुलाई लिएर आफ्नो छातीमा च्यापेर माया गर्थिन । म नि आमा छोरीलाई एक्छिन हेरिरहन्थ्ये, अनि खुसीले मेरा आँखा रसाउनथाल्थ्ये । नानू जन्मिएपछि हाम्रो जिन्दगी खुसी नै खुसीले भरिएको थियो ।
उनी थिइन, हाम्रो मायाको चिनो हाम्रो मुटुको टुक्रा हाम्री प्यारी नानू थिइन् , खुसी नै खुसीले भरिएको हाम्रो हाम्रो सानो संसार थियो ।
आमा बुबाको माया कस्तो हुन्छ मैले कहिलै feel गर्न पाइन । म यो संसारमा पाइला टेक्दै गर्दा, मेरि आमाले यो संसार छोड्नु भयो रे। जन्मिदै आमाको अनुहार समेत देख्न नपाएको म टुहुरोलाई यो समाजले आमा टोकुवा भन्थ्यो , पछी बुवाले अर्को बिहे गर्नु भो । केही साल पछि बुवा पनि अकाल मै बित्नु भो रे। म अलछिनालाई के राख्थ्ये र घरमा, पछि एउटा अनाथ आश्रममा लगेर छोडिदिएछन । म जस्तै कैयौ अनाथहरु संग बित्यो मेरो बाल्यकाल, माया ममता के हो कहिलै अनुभव गर्न पाईन ।
अनाथ आश्रम छोडे पछि सुरु भो जिन्दगीको संघर्ष , भोक भोकै सडकमा सुतेका दिनहरु, अरुका जुठा भाडा माझेर पेट पालेका दिनहरु , यी मेरा अतीत म चाहेर नि कहिलै मेट्न सक्दिन । अनाथ आश्रम – सडक देखि अहिले तीन जनाको संसार आकाश पातल झै फरक लाग्छ मेरो जिन्दगीमा । यो संसार मेरो कल्पनाको दाएरा भन्दा निकै बाहिर थियो । जिन्दगीमा हरेक दुख संग संघर्ष गर्दै आज एउटा सानो कम्पनीको marketing department को head सम्मको यात्रा काडै काडाको बाटोमा खाली खुट्टा हिड्नु भन्दा कम थिएन ।
त्यहि कम्पनीमा काम गर्थिन उनी, उन्को नि जिन्दगीका संघर्षका आफ्नै कथा थिए । घरमा बिधुवा आमा अनि एउटा भाइ , घरको सबै खर्च उन्को काधमा थियो। खै सायद दुख पिडा मिल्ने भएर होला हाम्रो मन पनि मिल्यो । कालीकाली , हिस्सी परेकी , हास्दा डिम्पल बस्ने निकै राम्री थिइन उनी । एक अर्काको दुख साटा साट गर्दा गर्दै मन साटिएको पत्तै भएन । जिन्दगीमा पहिलो चोटि मायाको अनुभव गरे उनीबाट म अनाथले । निकै माया गर्थिन उनी मलाई सायद यो संसारमा मेरो उनी बाहेक अरु कोहि छैन होला भनेर होला । सानो संसार थियो, ठुला ठुला सपना थिएनन् हाम्रा । साना साना खुशीहरु बटुलेर आफ्नै संसारमा रमाउदै थियौ हामी ।
करिब दुई बर्षको प्रेमसम्बन्ध पछि हामी बैबाहिक जीवनमा बाधियौ। तेस्को डेड बर्ष पछि सानी नानू आइन हाम्रो जिन्दगीमा । दुख पछि हाम्रो जिन्दगीमा सुखका पलहरु वर्षायममा बर्षिने झरी झै बर्सिन थाले ।
जिन्दगीका सारा खुशीहरु म उन्को र नानूको मुहारमा देख्थ्ये , माया नै मायाले भरिएको थियो हाम्रो सानो संसार ।
यो दिन शनिबारको थियो , अफिस बिदा थियो , सारा दिन नानू संगै खेलेर बस्छु भनेर कतै नि गइन । उनी किचनमा नानुको लागि लिटो बनाउदै थिइन् । एक्कासी खाट हल्लिएको अनुभव भो र जोडले भुइ हल्लिन थाल्यो । म आतिदै नानूलाई च्याप्प बोक्दै अस्मिता.. अस्मिता.. भन्दै चिच्चाउदै भर्र्याङ्बाट तल झर्दै थिए । उनी आतिदै नानू खै.. नानू खै.. भन्दै चिच्याउदै रुम तिर छिरिन । म बाहिर निस्कीसकेको थिए, जमिन जोडले हल्लिदै थियो । उनी डौदिदै भर्र्याङ्बाट झर्दै गर्दा, अल्झिएर भर्र्याङ्बाट लडिन । म चिच्याउदै नानूलाई भुइँमा राखेर उन्लाई उठाउन जानमात्र के लागेको थ्ये , आखै अगाडी घर लड्यो । एक्कै पलमा घर इट्टाको थुप्रो भयो । म तेहि बेहोस भएछु । जब होस् खुल्यो , म एउटा अस्थाई सिवीरमा थिए, हातमा सलाइन पानी चडाइएको थियो, छेउमा नानू रोईरहेको अवाज सुने । म नानूलाई छातीमा च्यापेर चिच्याउन थाले । वरपर सबै तिर कोलाहलको वातावरण थियो । एकपलमा सारा चिज धोस्त बनाइदियो । म अर्ध बेहोस मुद्रामा नानूलाई छातीमा च्याप्दै छ्टपटिदै रुदै थ्ये ।
एक हप्ता अस्मिताको लास छेद बिछेद अवस्थामा निकालियो, मैले उन्को लास समेत हेर्न सकिन ।
तेस पछिका दिनहरु म कल्पना नि गर्न सक्दिन । छ महिना कि नानू भोकले आमा खोज्दै रुन्थिन, आँसुका धारा बगाउदै म उन्लाई पानी र बिस्कुट घोलेर खुवाउथ्ये । आमाको माया ममता नपाउदै उनी पनि म जस्तै टुहिरो भइन ।
मेरो बाच्ने साहरा नानू मात्र थिइन् , उन्कै उनुहार हेर्दै, आँसुको भेल बगाउदै अस्मिताको यादमा दिन काट्दै गए । त्यो अबोध नानूको मुहार हेर्दै दैबलाई सराप्दै बस्थ्ये ।
जति नै प्रायास गरेनी नानूलाई आमाको त्यो न्यायो काख त दिन सक्दिन तर आमाको मायाको कमि हुनदिन्न । मेरि अस्मिताले मायाको चिनो छोडेर गएकी छिन, यहि हाम्रो मायाको चिनो हेरेर बाकी जिन्दगी उन्कै यादमा बिताउने छु । मात्र एउटा कुराको सधै डर छ, जब नानू ठुली हुन्छिन अनि मेरो मामु खै भनेर सोधिन भने, म के उतर दिम मेरो नानूलाई मलाई सधै यहि कुराले सताउछ ।
यस्ता कैयौंका खुसी अनि सपनाहरू छेड भरमै लुटियो , मेरो नानू जस्तै कैयौं नानूहरु टुहुरा भए, मेरि अस्मिता जस्तै कैयौंको जिन्दगी छेड भरमै भत्केका घरहरुमा पुरिए , म जस्ता कैयौंको खुसी संसार छेड भरमै भत्कियो , छेड भर मै सारा देश आँसुको भेलमा बग्यो ।
भोलि “बैशाख १२” त्यो कालो दिनको सम्झनामा फेरि एकपटक सारा नेपालीको मन रुवाउने छ, फेरि एकपटक सारा देश शोकमा दुब्ने छ, सारा नेपालीको आँखा रसाउने छ आफ्नो गुमाएकाहरुको यादमा ।
दुई बर्षमा ओइलाउदै गएको घाउमा कहिलै यस्तो ठेस नलागोस , बिस्तारै उठ्दै गरेका यी खुट्टाहरु कहिलै नलडुन, यस्तो बिपत्तिको समना कहिलै कसैले गर्नु नपरोस। त्यो कालो दिनको घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा यो एउटा नितान्त सत्य घटना लेख्दै श्रद्धाञ्जली व्यक्त गर्न चाह्न्छु ।

तपाईको प्रतिक्रिया