एजेन्सी। बलिउडका व्याचलर हिरो रणविर सिंहको विवाहको हल्ला यतिखेर व्यापक चलेको छ । माता पिताले बुहारी खोजिरहेको हल्ला बाहिर चलेपछि उनले मिडियामा एक बयान दिएका छन् । उनले भनेका छन्,‘म आफैले रोजेकी युवतीसँग विवाह गर्नेछु ।’ पछिल्लो पटक बाबा आमाले खोजेको केटीसँग विवाह गर्ने हल्ला चलेपछि उनी बोल्न बाध्य भएका हुन् । अभिनेत्री कटरिना ब्रेकअप भएपछि उनको विभिन्न युवतीसँग विवाहको हल्ला चलेको थियो ।
हालै उनले दिएको एक अन्तार्वार्तामा भनेका छन्,‘जसलाई मनदेखि मन पराउनेछु उसैसँग विवाह गर्नेछु ।बाबा आमाले विवाहको लागि युवती खोज्दै गरेको रिपोर्ट भने झुट्टा हुन् ।’उनले भनेका छन्, ‘हो म लण्डन मम्मीसँग गएको थियो तर विवाहको लागि केटी हेर्न भने गएको थिइन् । विहे गरे भने सबैलाई थाहा भइहाल्छ नि… यो लुकाउने कुरा नै होइन ।’ उनको कुराले पनि उनी अरेन्ज म्यारिज नगर्ने सुरमा छन् ।

तपाईको प्रतिक्रिया