१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ११, २०७८

कैलाली – धनगढीमा रहेको एक्सिस विद्याश्रको कक्षा १० मा अध्ययनरत ४ जना विद्यार्थीको सार टीमले ‘अल्फा’ नामक कार निर्माण गरेर प्रदर्शन गरेका छन ।

दोस्रो चरणको कोरोना महामारीको अवधिमा लागू भएको निषेधाज्ञाको समयमा १६ बर्ष मुनिका विद्यार्थीले ४ महिना लगाएर चार चक्के इलेक्ट्रिक कारको निर्माण गरेका हुन्।

कार निर्माण गर्ने ४ जना किशोर ऋषिकेश थापा, रोहीत ऐर, आदित्य जोशी र सक्षम रेग्मीले एकलाख पचास हजारको लागतमा विद्युतबाट सञ्चालन हुने कार निर्माण गरेका हुन्।

स्थानीय स्तरमै पाइने विभिन्न सामग्रीहरु जुटाएर आफ्नै परिश्रमबाट गाडी निर्माण गरेको ऋषिकेश थापाले बताए। उनले लकडाउनको बेलामा चारजना साथीहरु मिलेर योजना बनाएर उक्त कार निर्माण गरेको बताए । उनीहरुले यसमा विद्यालय र घरपरिवारको पूर्ण सहयोग रहेको समेत बताए ।

चार जना किशोरले आफ्नै हातबाट निर्माण गरेको अल्फा नामक कारलाई आइतबार सार्वजनिक गरेका छन् । उनीहरुले अहिले सार्वजनिक गरिएको कारले ७ क्विन्टल सम्म भारी बोक्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]