मैले जसरि पनि पूरा गर्नु पर्ने तिमी

अब रतिभर पनि शङ्का नगर
मैले घर फर्कने निर्णय छोडिदिएं

तिमी चाहन्थ्यौ पनि यहि
तिम्रा आंगनको बाटो नहिड्नु
नफर्कनु तिमीले हुर्काएको बगैचातिर
नसोध्नु कसैलाई पनि तिम्रो खबर

मेरा आंखिझ्यालबाट नहेर्नु तिम्रो बार्दलि
नलेख्नु तिमीलाई लिएर
मेरो जीवनको कविता
नलिनु स्वास तिमीलाई छोइआउने बतासको

तिम्रो चाहना यहि थियोे यतिबेला
तिमीले गुनगुनाउने कुनै पनि गीतमा
ननाचुन् मैले स्याहारेका फुलहरू

अब रतिभर पनि शङ्का नगर
मेरो आखिरी ईच्छा
तिम्रा सवै चाहनाहरू पुर्याउनु बाहेक केही थिएन

तपाईको प्रतिक्रिया