काठमाडौं, ३ साउन । बलिउड अभिनेत्री प्रियंका चोपडा ३५ बर्ष पुगेकी छन् । १९९२ मा जमदेशपुरमा जन्मिएकी उनी १३ बर्षको उमेरमै पढ्न वोस्टन गएकी थिइन् ।

तीन बर्षपछि फर्किन र बरेलीको आर्मी आइ स्कुलमा पढिन् । बाल्यकालमा उनी ‘काली’ भनेर जिस्काउने गरिएको थियो । बाल्यकालमा उनी कालिनै थिइन् । मोडलिङ गर्नु अघि उनको लुक्स यस्तो थिएन ।

उनका पिताले उनलाई उच्च शिक्षाका लागि अस्ट्रलिया पठाउने तयारी गरेका थिए । तर, उनकी आमाले उनलाई मिस इन्डिया कन्टेस्टमा पठाइन् । प्रियंकाकी आमाले पठाएका फाटो त्यो प्रतियोगिताका लागि छनौट भए । उनी त्यो प्रतियोगितामा दोस्रो भइन् । त्यही बर्ष उनले मिस वल्र्डको ताज जितिन ।

प्रियंकाले ‘द हिरो’, ‘अन्दाज’, ‘प्लान’, ‘एतराज’, ‘कृष’, ‘डन’, ‘अग्निपथ’, ‘बर्फी’, ‘जंजीर’, ‘मेरी कोम’, ‘दिल धड्कन दो’, ‘बाजिराव मस्तानी’ लगायतका फिल्मा काम गरेकी छन् । उनले केही हलिउड फिल्ममा समेत अभिनय गरेकी छन् ।

एजेन्सी

तपाईको प्रतिक्रिया