सूचना तिमल्सिना

शिक्षा, मेरी छोरीको ट्युसन मास्टर, मेरो अफिसको सहकर्मी अहिले मेरो छोरीलाई पढाउँदै छे । म पत्रिका पढेको बाहनामा उनीहरुलाई चिहाइरहेछु । आजकल मेरो सोचाइलाई मैले नियन्त्रणमा राख्न सकेको छैन । जब शिक्षालाई देख्छु, मलाई कता कता उसलाई छुने भाव जागेर आउँछ । मैले आफूलाई मनोरोगी भनेर पोल लगाएँ । त्यो शिक्षाभन्दा तेरी बूढी धेरै राम्री छे भनेर सम्झाएँ ।

तर पनि मबाट उसलाई छुने चाहना हटाउन सकेको छैन । आज पनि शिक्षाले फ्रक लगाएकी छे । आजकल त यसलाई वान पिस भन्छन क्यारे । उसको गहुगोरो तिघ्रा, सेतो यो फ्रक वास्तवमै राम्रो देखिएको छ । घुँडासम्म आएको फ्रकलाई अझ लामो बनाउन सकिन्छ जसरी ऊ तानिरहन्छे । यति अप्ठ्यारो लाग्ने भए सुरुवाल लगाउनु नि । म मनमनै टिप्पणी गर्छु । उफ १ निहुँरिदा उसको फ्रक त सरेर छातीको आधा भाग पो देखिरहेको छ ।

सरेको फ्रक देब्रे हातले माथि सार्छे र दाइने हात कापीमा दगुराउँछे । उसको यो क्रम दोहोरिरहन्छ । कस्तो कपडा लगाएकी हो रु मलाई उदेक लागेर आउँछ । तर बेला बेला ऊ निहुरिँदा चियाउन भुल्दिनँ । “आज बिदाको दिन कति पत्रिका मात्र हेरेर बसेको बाहिरतिर निस्किए हुन्छ नि” मेरो क्रमलाई भङ्ग गर्न श्रीमती आइपुग्छे । बिना प्रतिवाद म बाहिर निस्कन्छु ।

घर आइपुग्नासाथ श्रीमतीले उर्दी लगाउछे । “शिक्षा मिसलाई पुर्याइदिनु पर्यो रे । अर्को ठाउँमा पनि ट्युसन पढाउनु छ रे ।” म हेल्मेट लिएर बाइक स्टार्ट गर्छु । ऊ छोरीलाई बाइबाई गरी फ्रक समात्दै बाइकमा बस्छे । अलि लामो कपडा लगाउँदा पनि राम्रै देखिन्छ होला नि । म खरो भाषामा सुझाव दिन्छु । मैले दिएको यो सुझाव आफुलाई बचाउन हो या उसलाई बचाउन हो, म दोधारमा छु ।

उसबाट कुनै प्रतिउत्तर आउदैन । अनुत्तरित उसको मौनताले मलाई जङ्ग चलाउछ । त्यसैले आफ्नो मनोबादमा सामेल भई दुखेसो पोख्छु, म पैत्तिस वर्षको पुरुषले २२ वर्षकी केटीलाई सुझाव दिन मिल्दैन र रु ऊ चाहिँ मेरो सोचाइलाई भंङ्ग गर्दै अर्को ठाउँमा पुग्न अबेला भएको जानकारी दिन्छे ।

“अमर सर, मैले विधार्थीलाई दिन राखेको प्रश्न पत्र भुलेँछु । कोठामा पुर्याइदिनुहुन्छ रु” म मिनेट पनि नलगाई उसलाई बाइकमा राखेर लिएर जान्छु । तपाईंले चाडो ल्याउनु भएछ । चिया खानुहुन्छ ? म खानेमा इसारा जनाउछु । मेरो हर्कत र सोचाइले मलाई अपराधी बनाउन खोज्दैछन् । त्यसैले म मनमनै शिक्षालाई गाली गर्छु, “एक्लै बस्ने भएपछि किन अरु ल्याउनु पर्ने ?” आफ्नो अपराधको मनोभावबाट बच्न उसलाई हतार भएको जनाउछु । ऊ बेमतलबका साथ चिया पकाउन तल्लिन छे ।

म आफूले आफैलाई सम्झाउदै भन्छु– उ मेरो आफ्नो बहिनी जस्तै हो, छोरी जस्तै हो । तर जब मेरा आँखा उसका यौवन मस्त शरीरमा पर्छ । तब छोरी, बहिनी भन्ने भाव बिलय हुन्छ । त्यतिबेला म आफूलाई केवल एक पुरुषको रुपमा पाउँछु । आफ्ना दूषित भावनाबाट भाग्न बाहिर निस्कन्छु । “सर चिया”, शिक्षा चिया लिएर आउँछे । भनिन्छ मान्छे आफूले चाहेको पुर्याएर छाड्छ । चिया लिन लाग्दा अनायासै मेरो हात उसको छातीमा ठोक्किन्छ । म अतालिँदै सरी भन्छु । ऊ मुस्काएर इट्स ओके भन्छे ।

मलाई उसको मुस्कानसहितको इट्स ओके भन्ने शब्दले तीन दिनदेखि घुमाएको छ । के उसले ठीक छ, छुन पाइन्छ भनेकी हो रु कि अरु केही हो रु अर्थ जे भए पनि उसबाट पर भाग्ने निर्क्यौल गर्छु । तर घर पुग्नासाथ श्रीमती उसैगरी शिक्षा मिसलाई पुर्याइदिन पर्यो भन्छे । एक मन त लाग्छ नमानु । फेरि जाने निर्णय गर्छु । आज पनि ऊ उसै गरेर चिया खान आग्रह गर्छे । मन नमान्दा नमान्दै पनि चिया खान राजी हुन्छु । अस्तिको इट्स ओकेको निक्र्यौल निकाल्न झुक्किएको भान पार्दै उसको छातीमा हात पुर्याउछु र उसको भाव नियाल्छु । सशङ्कित उसका आँखा मेरा आँखासँग ठक्कर खान्छन् । केही नभएको भान पार्दै पर भाग्छन् । अनि म बबुरो निष्कर्ष निकाल्छु । उसको इट्स ओके मिन्स यस यु क्यान टच मी हो ।

ठाउँ र बहाना मिलेसम्म म उसको जिउमा विभिन्न भागमा छुन्छु । मैले यसो गर्दा उसको अनुहारको भाव बदलिने बाहेक अरु कुनै प्रतिक्रिया आउँदैन । यही बिना प्रतिक्रियाले मलाई झन् उक्साउँछ । त्यसैले त आजकाल मेरो ध्यान उसलाई कहाँ भेट्ने, कसरी भेट्ने बहाना खोज्दैमा जान्छ । आजकल मैले जिउने नयाँ सिद्धान्त प्रतिपादन गरेको छु र जुन उपयोग गरेर खुशी बन्दै छु । शिक्षाले उसको कोठा लान बन्द गरेकी छ । “चिया खुवाउँदैनौ ?” भन्ने मेरो आग्रहलाइ नकार्दै ऊ मौनतासाथ आफ्नो कोठातिर लाग्छे । उसलाई भेट्ने गतिलो उपाय निकाल्छु । श्रीमती नभएको दिन पारेर उसलाई ट्युसनको पैसा लिन आफ्नो कोठा बोलाउँछु । तर उसले छोरी साथ लिइ आइछ । अघिल्लो पटक यसैगरी ट्युसन पैसा दिँदा उसको एक्लोपनको फाइदा उठाएको थिए । ऊ मेरो पहिलो जालमा मात्र पर्छे । दोहोरियार गरेको मेरो प्रयास सबै विफल हुन्छन् । तर जे भए पनि यसले मेरो पोल लगाएकी छैन । बेला बेलामा उसले मेरो श्रीमतीलाई गरेको फोनले आतङ्कित बनाउँछ । त्यसैले त उसले फोन नाराखुन्जेलसम्म उनीहरुको कुरा सुनिरहन्छु ।

आज शिक्षा कोठा जाने प्रस्ताव राख्छे । मेरो मुटु ढुक्क भुल्छ । म पत्याउनै सक्दिन । म खुशी हुँदै उसको पछि लाग्छु । आज वास्तवमा नै मेरो सोच मबाट अनियन्त्रण भई छाड्छ । धेरै दिनको इच्छा पूरा गर्ने आजको दिन ठहर्दै म शिक्षालाई ग्वार्लम्म अँगालो हाल्छु । अपसोच म डङरङ्ग लड्न पुग्छु । के भयो भनेर सोच्न नपाउँदै शिक्षा चक्कु बोकेर आउँछे । म भाग्न खोच्छु तर मेरा खुट्टा लरबरिन्छ । म उठ्न नसकी त्यही पल्टिरहन्छु । ऊ चाहि चक्कु मेरो आँखातिर देखाउँदै भन्छे– मलाई हेर्ने गिद्ध आँखा यही होइन ।

म तेरो आँखा निकाल्छु र कहिले देख्न नसक्ने बनाउँछु । मेरो आँखा निकालुला जसरी चक्कु घुमाउँछे । उसको आँखाको रिस, रुप, र हाउभाउ हेर्दा लाग्छ मैले सानामा सुनेको देवी उही हो । म डरले बोल्न सक्दिन । शिथिल र काँपिरहेको शरीर भाग्न आँट गर्दैन तर दिमाग भाग्न साथ मागिरहन्छ । ऊ मेरो हात तान्दै भन्छे– मेरो जिउमा मनोमानी तरिकाले छुने हात यही होइन । म यसलाई टुक्रा टुक्का पार्छु र कहिले छुन नसक्ने बनाउँछु । ऊ बोल्दै जान्छे । तैले मलाई ‘शिरिषको फूलको’ सकम्बरी सोचिस । जसलाई छुदैमा ओइलाएर जाने । सत्य बरु तलाई मारेर अपराधी बन्छु तर तेरो अनि पुरुष जातिको बैमानी सहदिन । धरोधर्म म सकम्बरी बन्दिन । ऊ के भन्छे म बुझ्दिन । एकछिन कराएपछि उ रुँदै भुइँमा बस्छे । अघिदेखि ढोका ताकिरहेको म बल्ल उठेर भाग्ने साहस आउँछ । हेल्मेट छुटेछ तर फर्किने आँट आउदैन ।

कालीको स्वरूप शिक्षाको आकृतिले तीन दिनदेखि मेरो निद्रा हराएको छ । अनि दुई दिनदेखि ऊ गायब छे । अफिस, ट्युसन ऊ कतै देखा परेकी छैन । आज त साथीहरुले उसको कोठासमेत हेरेर आएछन् । उसले कोठा छोडी रे । घरमा श्रीमती र छोरी पनि उसको खोजी गर्दैछन । मलाई भने उसको अनुस्पथितिले सान्त्वना दिएको छ । र त मनमनै कामना गर्दै छु । ऊ नफर्कोस कहिले नफर्कोस । तैपनि एकमन उसले केही गर्ने त होइन भन्ने कुराले झस्काइरहन्छ ।

के यसमा गल्ति मेरो मात्र छ रु उसको गल्ती छैन र रु मैले उसलाई त्यसरी छुँदा राम्रो लाग्दैन भनेको भए हुन्थ्यो । उसले मलाई सुरुमै अस्तिको रुप देखाएकी भए सत्य म उसलाई छुन त के नजिक जाने आँटसमेत गर्दैन्थे । ऊ किन मौन बसी रु उसको व्यहोरा प्रति दिक्दारी लाग्छ । हुन त मैले उसलाई छोएको राम्रो लाग्दैन भन्ने कुरा थाहा नपाएको होइन । मनको अभिव्यक्ति बोली मात्र होइन, मैले नबुझेको होइन । मैले प्रत्येक पटक छुँदा उसको बिग्रिएको अनुहार ननियालेको होइन । मबाट ऊ टाढा भाग्दै गएको कुरा पनि चाल नपाएको होइन । तर पनि उसको मौनता मेरो साहस बन्यो । उसको मनौता मेरो कौतुहलताको शिकार बन्यो । जसले गर्दा हामी दुवैले अपराधी मनोभाव पालिरह्यौ ।

एक महिनापछि श्रीमतीले अर्को ट्युसन टिचर फेला पारिछ । पहिलो दिन उनीहरुको गफमा सामेल हुन श्रीमती बोलाउँदै छे । म सामेल हुन्छु तर मत प्रकट राख्दिन । श्रीमतीले नयाँ मिसलाई किन रोजेको अभिव्यक्त गरेकी छ । छोरी किशोर उमेरमा टेक्दै छे । केटा मान्छे भर छैन । यौन दुव्र्यवहारबाट बचाउन पनि केटी मास्टर हुनुपर्ने उसको धारणा छ ।

नयाँ मिसले पनि सहमति जनाएकी छे । अझ थापेकी छे । अझै पनि यौन दुव्र्यवहार बारे खुलेर बोल्ने हामी केटीहरु भइसकेका छैनौँ । उसको बठ्याइँ देखेर मलाई उदेक लाग्छ । त्यति मात्र नभएर पहिलेको टिचरको बारेमा समेत खोजी खबर गरेकी छे । मेरी श्रीमती शिक्षा हराएको गुनासो पोख्छे । म चाहिँ उनीहरुलाई त्यही छाडेर बाहिर निस्कन्छु ।

भोलिपल्टदेखि नयाँ मिस त्यही ठाउँ बसेर शिक्षाले जसरी पढाउँछे । म शिक्षालाइ जसरी चियाएर हेर्छु । लामो फ्रकम सुरुवाल लगाउन भुलेकी रैनेछे । अग्ली, शिक्षाको उमेरभन्दा दुई चार वर्ष जेठी, शिक्षा जस्ती छैन तर नराम्री पनि होइन । मैले कुन बेलादेखि नजर लगाएँछु कुन्नि हाम्रो आँखा जुध्छ । “सर केही थियो कि रु” उसको प्रश्नले मलाई अप्ठ्यारो पार्छ । म केही नभएको कुरा बताउँछु । केही भन्नु छ भने सिधा भन्नु होला । म खुलेयाम कुरा राखेको मन पराउँछु । जाने बेला उसले नजिकै आएर फुस्फुसाई– बेला बेलामा त्यसरी चिहाएर नहेर्नुहोला सर । यो त यौन दुव्र्यवहार सङ्केत हो । कति मात्र बोल्ड हो यो केटी । मलाई आगोमा हात हाल्न उपयुक्त लाग्दैन । त्यसैले म वास्ता गर्न छाडिदिन्छु ।

एक वर्ष हुँदा पनि शिक्षाको खबर आएन । न उसले फेसबुक खोली न साथीहरुलाई खबर पठाई । मैले चाहेजस्तै गरी ऊ गायब भएकी छे । मैले चाहना गरेको कुरा त यही थियो । तैपनि म यसमा किन खुशी हुन सक्दिन रु उसले आवेग कुनै नराम्रो निर्णय त लिइन रु मलाई यावत सभावनाले चिथोर्छन् र घाइते बनाउँछन् । म ती सम्भावनाहरु कपोलकल्पित होस् भन्ने प्रार्थना गरिरहन्छु । ममा उसले देखेको राक्षसीपन उसको चक्कुले अत्ताएको छ । जसले गर्दा म अरुलाई त्यस्तो व्यवहार मात्र होइन कि म धेरै बेर कोह िकेटी अगाडि उभिरहन सक्दिन । कतै यो केटीले पनि शिक्षाले जस्तै चक्कु बोकेकी त छैन भन्ने डरले सताउँछ ।

बिहान छोरी चिच्याएको आवाजले मेरो निन्द्रा भङ्ग हुन्छ । म दौडँदै छोरीतिर जान्छु । उसै गरेर श्रीमती पनि आइपुग्छे । “के भयो रु” हामी एकसाथ सोध्न पुग्छौँ । पत्रिकातिर देखाउँदै भन्छे– शिक्षा मिस १ मैले हेर्न नपाउँदै श्रीमतीले पत्रिका लिन्छे र पढ्छे । ‘यौन दुव्र्यवहार बारे महिला अधिकार कर्मीसँग अन्तर्वार्ता’ । म विश्वास गर्न सक्दिनँ । श्रीमती अन्तर्वार्ता पढ्न थाल्छे । मलाई भनन्न रिँगटा छुट्छ । म उसले पढेको केही केही मात्र सुन्छु । पहिले मैले पनि यौन दुव्र्यवहार भोग्नु परेको थियो । सुरुसुरुमा मेरो जिउमा हात आइपुग्दा लाग्थ्यो सायद झुक्किएको होला भन्ठानेर मैले वास्ता गरिन । पटक पटक दोहोरिन थाले पछि मैले चाल पाएँ कि उसले नियतवस गरिरहेछ ।

तर ममा खुलेर बोल्ने आँट थिएन । त्येसैले म ऊबाट टाढा भाग्दै जान्थेँ । जति म टाढा भाग्थे उति ऊ बहाना बस मेरो नजिक आइपुग्थ्यो । मैले त्यो मान्छेलाई यति घृणा गर्न थालेँ कि उसलाई भेट्न साथ मलाई घाइते बनाऊ जस्तै लाथ्यो । यौन दुव्र्यवहार बारे हामी सबै जना बोल्न पर्छ । यस सम्बन्धी ज्ञान बच्चादेखि सबै उमेरको हुनुपर्छ । आफूलाई पर्दा बोल्न सक्नुपर्छ । नत्र यसबाट अपराधी जन्मिन सक्छ ।

श्रीमती खुय्य गर्दै थ्याच्च बस्छे । उहाँलाई त्यस्तो हुँदा पनि, कस्तो हामीले थाहा पाएनौ । म वरफ झैँ गरि सोफामा जमिरहन्छु । न बोल्ने आँट आउँछ न हिँड्ने सहास आउँछ । फेरि छोरीको रुन्चे आवाज सुन्छु– शिक्षा मिसलाई त्यस्तो गर्ने को होला त्यो मानव रुपी राक्षस रु को होला त्यो अपराधी रु यसपछि म केही सुन्दिन । वरिपरि अन्धकार छाउँछ ।

@blastkhabar

तपाईको प्रतिक्रिया