काठमाडौं । धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले। बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए। ‘घरपरिवारको बोझले थिचिएर धेरै पढ्न सकिनँ’, कुमारले कृष्णसँग दुखेसो पोख्यो, ‘म त कृषक पो भएर बसेको छु।’

काम सानो ठूलो हुँदैन भनेर कृष्णले सम्झायो। दुवैले बाल्यकालका सम्झनामा डुबुल्की मार्न थाले। खोलामा पौडी खेलेको, माछा मारेको क्षण सम्झे। एकदिन पौडी खेलेर निस्कँदा खोलाले दुवैको लुगा बगाएको थियो। अण्डरवेयर समेत नहुँदा दुवैले आ-आफ्ना हातले लाज छोपेर घरसम्मै दौडँदै गएको कुरा सम्झनेबित्तिकै हाँसोको फोहोरा छुट्यो।

कुमारले कृष्णलाई आफनो गाउँ घुम्ने निम्तो दियो। समय मिलाएर फेरि भेट्ने बाचा गर्दै उनीहरु छुट्टिए। पारिवारिक तनावले गलेका कुमारको अनुहारमा अनायासै खुसीका रंग पोतिएको देखेर उसका छोराहरू कुशल र कुवेर पनि खुसी भए। सौतेनी आमाको कचकचले पिरोलेका उनीहरुका अनुहारमा छाएको मुस्कानले केही हदसम्म शीतलता प्रदान गर्यो।

एक दिन आत्मीय मित्र कुमारको गाउँ जान भनेर कृष्ण निस्कियो। साथीको स्वागतमा कुमारले गच्छेअनुसार मीठोमसिनो जोहो गरेको थियो। सुरूमा उसले परिवारका सदस्यहरुसँग परिचय गरायो। श्रीमती जानु, छोराहरु कुशल र कुवेरसँग।

‘कैयौँ पटक कृत्रिम गर्भधारण गराउन खोज्दा पनि असफल नै हुन पुग्यो। महंगा आधुनिक उपचार गर्नु मेरो हैसियतभन्दा माथि छ। त्यसैले कृष्ण केही समय तैंले मेरो जीवनमा खेतालाको रूपमा काम गरिदिनु पर्यो। त्यसका लागि म ज्याला दिन त सक्दिनँ। तर, पनि सहयोग गरिदिए आभारी हुनेथिएँ।’

भर्खर सत्र-अठार वर्षकी जस्ती देखिने जानु कुमारकी श्रीमती भन्दा कृष्ण छक्क पर्यो। तैपनि उमेरमा कुमार आफुभन्दा सात महिना जेठो भएकाले उसले भाउजु भन्दै जानुसँग साइनो गाँस्यो। कुशल र कुवेरले पनि कृष्णलाई अंकल भनेर सम्बोधन गरे। भान्छामा पाकेका परिकार पस्किइन् जानुले, साथमा मीठो मुस्कान पनि।

रमाइलो मिसिएको थियो आज कुमारको परिवारमा। बेलाबेलामा जानुको हातमा बजेको चुरीको धुन, चिटिक्क मिलेको जीउडाल, निहुरिँदा बिकिनी छिचोलेर निस्कूँ झैँ गर्ने टम्म मिलेको छातीले कृष्णको मुख रसाएर आउँथ्यो। अनि कुमारको स्वच्छ गाउँले भोजनसँगै चपाएर निल्थ्यो उसले त्यो रस पनि।

खानापछि कुवेर र कुशल दुवै स्कुल गए। जानु मेलापात गइन्। वर्षौंपछि दुवै साथी फुर्सद निकालेर आँगनमा गफिए, न्यानो घाम ताप्दै । कुरैकुराको सिलसिलामा कुमारले सोध्यो, ‘कृष्ण बिहे गरीस् कि छैनस्? कि सँधै क्याम्पस पढाएर बस्ने विचार छ? बुढो होलास् नि?’

कृष्ण फिस्स हाँस्यो र कुमारका प्रश्नको सहज तरिकाले जवाफ दियो। ‘अध्ययनमा व्यस्त हुँदा बिहे गर्ने मुड चलेन। अमेरिकामा पढ्दा गर्लफ्रेण्ड त थुप्रै थिए। रिल्याक्स गरियो’, कृष्णले भन्दै गयो, ‘पछि सबैले आ-आफनो सुर गरे।

म पनि नेपाल आएँ, क्याम्पस पढाउन थालेँ। समय त्यसै बित्यो।’‘तैँले त विदेशमा खुब मोज गरिछस् नि’, उल्ल्यायो कुमारले। अनि दुवै हाँसे गलल्ल।‘कुमार तैँले त चाँडो बिहे गरिछस् नि, भाउजू त भर्खरकी हुनुहुँदोरै’छ त?’ कृष्णले सोध्यो ।

‘बाबु-आमा बितेपछि घर सम्हाल्ने कोही भएन तैँलेजस्तो विदेशमा पढ्न, केटी घुमाउन र मोजमस्ती गर्न तकदीरमा लेख्या रैनछ त क्यारे’, कुमारले भन्यो, ‘जानु मेरो दोस्रो बिहे हो अनि किन भर्खरकी नहुनु त?’

कुमारको जवाफ नसकिँदै कृष्णले सोध्यो, ‘अनि पहिलेकी भाउजू खोई त?’ कुमारको पहिलो बिहे गाउँमै भएको थियो। कुशल र कुवेर उनकै चिनो हुन्। ‘दैवले अकालमै चुँडेर लग्यो उनलाई’, कुमारले गहभरि आँसु पार्यो, ‘त्यसपछि जानुसँग बिहे गरेँ।’ नयाबाटो डटकम

तपाईको प्रतिक्रिया