श्रावण महिनाको आज दोस्रो सोमबार प्राचीन हरिद्वार शिवालयका प्रतीकका रुपमा मानिदै आएको धरान १४ स्थित रहेको विजयपुरका धार्मिक तीर्थभूमि पिण्डेश्वरमा बिहानैदेखि हजारौ भक्तजनले जल अर्पण गरेर भगवान् शिवको पूजापाठ गरेका छन् । रुद्राक्षाराण्य तपोभूमि पिण्डेश्वर शिवालय क्षेत्रमा बिहान ४ बजेदेखि नै
बराहक्षेत्र चतराधाम कौशिकी तटबाट स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै डाक बम र
बोलबम बनेर पहेँलो वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर पिण्डेश्वर विशालयमा जल अर्पण गर्ने गरेकाे छ ।
हरेक साउन महिनाको सोमबारका दिन बराहक्षेत्र तथा धार्मिक तीर्थस्थल चतरा कौशिकी तट सप्तकोशी नदीमा
स्नान गरी जल उठाएर ल्याई पिण्डेश्वर शिवालयमा अर्पण गरी भक्तिपूर्वक पूजा–आरधना गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास रहेकाले पिण्डेश्वर शिवालयमा गई जल अर्पण गर्ने भक्तजनहरूको भिडभाड लाग्ने गरेको पाइन्छ । पिण्डेश्वर शिवालयमा जल अर्पणका लागि पहेँलो वस्त्रधारी भक्तजनलाई जल
चढाउने पालोका लागि बोलबम व्यवस्थापन समितिले लामबद्ध बसाएर पूजापाठ र जल अर्पण गर्ने पालो
मिलाएकाले सबै भक्तजनले चाँडो पूजापाठको अवसर पाइरहेको भक्तजनले बताएका छन् । ‘बोलबमको नाराले सुख पाउछन् साराले’ भन्ने नारा लगाउँदै पिण्डेश्वर शिवालय मन्दिरमा पुग्ने पहँेलो वस्त्रधारी बोलबम तीर्थयात्रीको स्वास्थ्य सेवाका लागि चिकित्सकको टोलीसमेत परिचालन गरेको बोलबम व्यवस्थापन समितिका सचिव जयन्त गौतमले जानकारी दिनुभयो

बिहानदेखि हजारौँ बोलबमको नारा लगाउँदै पिण्डेश्वर शिवालय मन्दिरमा आइपुगेकाले उनीहरुलाई व्यवस्थित
तरिकाले मन्दिर प्रवेश अवसर मिलाउन रातिदेखि नै स्वयम्सेवक सक्रिय रहेका पनि सचिव गौतमले बताउनुभयो

तपाईको प्रतिक्रिया