०६ चैत्र २०८०, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २१, २०७८

सप्तरी – पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ सय ३९ जना निको भएका छन्। १० हजार २ सय ६७ जनामा कोरोना परीक्षण गर्दा ४ सय ३५ जना नयाँ संक्रमित थपिएका हुन्।

बितेको २४ घण्टाका कोरोना संक्रमणबाट मृत हुनेको संख्या शून्य छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ जना रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, संस्थागत आइसोलेसनमा बस्ने संक्रमितको संख्या ३ हजार ७३ जना रहेको छ। अन्य संक्रमित होम आइसोलेसनमा बसेका छन्।

स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको कोरोना संक्रमितको नियमित तथ्यांक हेर्दा मंगलबारदेखि संक्रमित संख्या बढ्न थालेको छ। मंगलबार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार मंगलबारभन्दा बढी संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ। तथ्यांकअनुसार नै संक्रमणदर बढेकोले थप सचेत रहन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]