आईसीसी यू-१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनायो ।

ओपनर जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए । उनको विकेेट लिन नसक्नु नै नेपालका लागि घातक बन्यो । छैटौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीले साहब आलमको हातबाट जादरानलाई क्याच गराए ।

अफगानिस्तानका लागि इकराम फैजीले २४ रन बनाउँदा नाभेद ओबिडले २२ रन बनाए । नेपालका साहब आलमले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिए ।

तपाईको प्रतिक्रिया