kchhakhabar.com

गृहपृष्ठ खेलकुद खबर बिराट फुटसल कप दोस्रो संस्करण हुँदै

बिराट फुटसल कप दोस्रो संस्करण हुँदै

इटहरी, error गते

बिराटनगर, श्रावण १८ / पूवार्ञ्चल क्षेत्रकै भब्य कर्पोरेट फुटसल प्रतियोगिता बिराट फुटसल कपको दोस्रो संस्करण हुने भएको छ । प्रतियोगिताको पहिलो सस्करण गत बर्ष बिराटनगरमा भव्यताकासाथ सम्पन्न भएको थियो । १६ वटा बिभिन्न टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा गत बर्ष मनमोहन पोलिटेक्निक कलेज मकालु टेलिभिजनलाई हराएर बिजयी भएको थियो ।

पुर्वान्चलका बिभिन्न बिजनेस हाउस तथा बैंकहरुको सहभागिता रहने उक्त प्रतियोगितामा १५० बढी खेलाडीहरुको सहभागिता रहनेछ। यसबर्षको संस्करणको लागि टिमको रेजिश्ट्रेसन खोलिएको छ । बिजेता टोलीले यसबर्ष ५० हजार नगद साथै ट्रफी , त्यसैगरी दोस्रो हुनेले २५ हजार र ट्रफी पाउने आयोजकले जनाएको छ । टिम रेजिश्ट्रेसनको लागि प्रवेश शुल्क २० हजार रहने बताईएको छ । रजिष्ट्र्सन गर्ने टोलीले सबै खेलाडीका लागी जर्सी समेत सोही शुल्क बाट पाउने आयोजक ओबी मिडिया प्रालीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ । प्रतियोगिता भदौ ९ गतेदेखि सुरु भएर १३ गते सम्म संचालन हुनेछ ।

यस खबरमा तपाईंको प्रतिकृया