kchhakhabar.com

गृहपृष्ठ खेलकुद खबर साफ च्याम्पियनसिपको लागि नेपाली टिमको घोषणा

साफ च्याम्पियनसिपको लागि नेपाली टिमको घोषणा

इटहरी, error गते

अाज बाट शुरु हुने यु–१५ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय नेपाली युवा टिमको घोषणा भएको छ । नेपाली युवा टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठका अनुसार नेपाली टिमको कप्तानीको जिम्मा रोशन रानामगरले पाएका छन । तेस्तै नेपाली युवा टोलिको सदस्यमा दर्शन गुरुङ, अन्जल महर्जन, अहसिम गुरुङ, विशाल सुनार, कार्लोश बखारियाम्फ, आकाश बुढामगर, सौगात खवास, शिशिर लेखी, रोशन थापा, सुबास कार्की, निशान रावल, अशोक किङरिङ रहेका छन ।
तेस्तै दिपक भण्डारी, सन्जिव अर्याल, रोहित कार्की, रोशन दोङ, रन्दिप पौडेल, अभिषेक श्रेष्ठ, विर्जेश चौधरी निरज चौधरी, विपिन थापामगर, र रन्जन पुनले पनि आफ्नो ठाउँ सुरक्षित गरेका छन । पहिलो संस्करणको यू–१५ साफ च्याम्पियनसिपमा नेपाली युवा टिमले उपाधि जित्ने लक्ष्य लिएको छ । नेपालको समूहमा माल्दिभ्स र भारत छन् । त्यस्तै समूह ‘ए’मा बंगलादेश, भुटान र श्रीलंका छन् ।

यस खबरमा तपाईंको प्रतिकृया