kchhakhabar.com

गृहपृष्ठ प्रविधी खबर गोजीमै पड्कियो स्मार्टफोन

गोजीमै पड्कियो स्मार्टफोन

इटहरी, error गते

एजेन्सी ।  गोजीमा रहेको अवस्थामा स्मार्टफोन पड्किएको विषयलाई लिएर जाओमीले अनुसन्धान गर्ने भएको छ। स्मार्टफोन निर्माण गर्ने चर्चित चिनियाँ कम्पनी जाओमीको रेडमी नोट ४ एक प्रयोग कर्ताले बोकिरहेका बेला गोजीमै पड्किएको थियो।भारतका एक प्रयोगकर्ताले गोजीमा रेडमी नोट ४ बोकेर मोटरसाइकल चलाइरहेका थिए।

मोटरसाइलकमा चलाइरहेकै बेला गोजीमा सो फोन पड्किएको थियो। विष्फोटपछि फोन त ध्वस्त भएको छ नै उनलाई समेत चोट लाग्यो।उनले यो विषयलाई लिएर अदालत जाने र क्षतिपुर्ती माग्ने तयारी गरि रहेका बेला फोन निर्माता कम्पनी जाओमीले यस विषयलाई गम्भिर रुपमा लिएको जनाएको छ ।

यसै गरि जाओमीले स्मार्टफोन पड्किएर घाइते भएका व्यक्तिलाई सम्पर्कको प्रयास भएको समेत जनाएको छ।गएको ६ महिनामामात्र जाओमीले भारतमा मात्र रेडमी नोट ४ स्मार्टफोन ५० लाख वटा बेचिसकेको छ।

यस खबरमा तपाईंको प्रतिकृया