kchhakhabar.com

गृहपृष्ठ प्रविधी खबर रातारात इटहरी पुग्यो ‘धरानको टेलिकम’

रातारात इटहरी पुग्यो ‘धरानको टेलिकम’

इटहरी, error गते

नेपाल टेलिकमले धरान स्थित शाखाबाट आर्थिक प्रशासन शाखालाई रातारात इटहरी सारेको छ । धरानका राजनैतिक दल,नागरिक समाज र उपभोक्ताले आर्थिक प्रशासन शाखालाई अन्यत्र नसार्न गरेको आग्रहलाई लत्याउदै टेलिकमले मध्यरातमा कर्मचारीलाई समेत सुइको नदिई शाखा इटहरी पु¥याएको हो ।

स्थित कार्यालय अब टेलिकमको युनिटको रुपमा मात्र रहेको छ । टेलिकमले धरानबाट धरानका सेवाग्राहीले टेलिकमको यो शैलिलाई चोर शैलि भनेका छन् ।सेवाग्राही र स्थानिय सरोकारवालाले शाखा नसार्न गरेको आग्रहलाई लत्याउदै कर्मचारीलाई पनि थाहा नदिई गुपचुप शैलिमा कार्यालय सारीनु निकै खेदपुर्ण छ सेवाग्राही धिजनबाबु काफ्लेले भने कार्यालय किन र केकालागि सार्न लागिएको हो भन्नबारे सार्बजनिक गरिनु पथ्र्यो ।

स्मरण रहोस टेलिकमको धरान स्थित शाखाबाट आर्थिक प्रशासन शाखा इटहरीमा सार्ने टेलिकमको निर्णयको बिरुद्धमा धरानका प्रमुख दलहरुले बिरोध गरेका थिए ।टेलिकमका सेवाग्राही तथा धरानका युवा ब्यबासायी रुपक श्रेष्ठले टेलिकम सरकारी सम्पती भएका कारण जनतालाई जानकारी नदिई यसरी बिभाग सारीनु चोरीे सरह भएको बताए ।टेलिकमले आफ्नो निर्णय सच्याउनु पर्छ र आर्थिक प्रशासन शाखालाई धरानमा जस्ताको तस्तै ल्याउनु पर्छ उनले भने । यदी टेलिकमले निर्णय सच्याउदैन भने आन्दोलन गर्नुको बिकल्प छैन उनले भने ।
यो घटनाले धरानका राजनैतिक दल र जनप्रतिनिधीहरुलाईपनि असक्षम देखाएको श्रेष्ठको भनाई छ । धरानका जनप्रतिनिधी र राजनैतिक दलको असहमती रहदा रहदै टेलिकमले मध्यरातमा कार्यालय सारेर देखाएको छ यसले धरानका राजनैतिक दल र जनप्रतिनिधीको हैसियत कति रहेछ भनेर देखाएको छ, उनले भने ।राजनैतिक दल र जनप्रतिनिधीले आर्थिक प्रशासन शाखा फिर्ता गराउनु पर्ने उनको भनाई छ । टेलिकमका सेवाग्राही तथा धरानका युवा ब्यबासायी दीपक बनेपालीले टेलिकमले गरेको हर्कतले सार्बजनिक सम्पतीमाथि जनताको हक खोसीएको बताए ।
एउटा परिवारको सदस्य घरबाट बाहिर जाँदा त जानकारी गराइएको हुन्छ भने सरकारी सम्पती अन्यत्र सार्दा जनतालाई जानकारी दिनु पर्छ पर्दैन ?उनले आक्रोश पोखे ।टेलिकमका कर्मचारीको यो कार्यले जनताप्रति बेइमानी गरेको छ बनेपालीले भने । टेलिकमका उपभोक्ता तथा धरान स्थित सियोन स्कुलका निर्देशक मेहरमान ह्युजले संघियताको अभ्यास गर्दे गरेको समयमा यसरी सरकारी कार्यालयको बिभाग अन्यत्र सार्नु स्वीकार्य नहुने बताए ।
इटहरीमा कार्यालय सारिएकोमा हाम्रो बिरोध हैन,धरानमा आबश्यक्ता हुदाहुदै अन्यत्र सारीनुमा हाम्रो बिरोध हो उनले भने ।यदी इटहरीमा आबश्यक भएको भए त्यहाँ नै शाखा खोल्न सकिन्थ्यो तर टेलिकमले जे गरेको छ त्यो गलत गरेको छ ह्युजले भने । यो शाखा धरान फर्काइनु पर्छ उनले भने । यो धरानलाई शुन्य बनाउने खेलपनि भएको उनको तर्क छ ।टेलिकमका स्थानिय अधिकारीहरु भने यसको जिम्मेवारी लिन तयार छैनन ।
नेपाल टेलिकम धरान शाखाका प्रमुख संञ्जिब घिमिरेले कार्यालय सारेको बिषयमा आफुलाई जानाकरी नभएको बताए ।श्रोतका अनुसार साउन १ गतेबाट सार्ने भनिएको बिभाग साउन १२ र १३ गते सारिएको थियो ।
उनले यो केन्द्रसँग सम्बन्धित बिषय भएकाले केन्द्रका प्रबक्ता सँग कुरा गर्न आग्रह गरे । टेलिकमका बिराटनगर स्थित क्षेत्रिय कार्यालयका प्रमखु अरुण पुरीले टेलिकमको पुर्नसंम्रचना गर्ने निकायले नै यसको निर्णय गरेकाले यो बिषय आफु सँग सम्बन्धीत नरहेको बताए । यो क्षेत्रिय कार्यालयबाट नभएर केन्द्रबाट गरिएको निर्णय हो,उनले भने यसको बिषयमा केन्द्रसँगै जानकारी लिदा राम्रो होला ।

यस खबरमा तपाईंको प्रतिकृया